जनकपुर, ०५ माघ २०८२
मधेश प्रदेशको स्वास्थ्य सचिवमा डा. राम आधार यादव नियुक्त भएका छन्।
मन्त्री स्तरीय निर्णय अनुसार डा. यादव स्वास्थ्य सचिवमा नियुक्त भएका हुन्।
सचिवको नेतृत्वमा स्वास्थ्य मन्त्रालय तथा मातहतका विभाग प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरधामको निर्देशकमा डा. नागेन्द्र यादव नियुक्त भएका छन्।
डा. यादव आयुर्वेद चिकित्सक हुन। यसअघि डा. यादव आयुर्वेद शिक्षण अस्पताल र नरदेवी आयुर्वेद अस्पतालको निर्देशक थिए।















