दाङ, २७ फागुन २०८१
लुम्बिनी स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी नियुक्त भएका छन्। निर्देशक डा. बिनोद गिरीको अनिवार्य अवकाशपछि स्वास्थ्य मन्त्रालय लुम्बिनीले चौधरीलाई जिम्मेवारी दिएको हो।
२०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका चौधरीले दुर्गम जिल्लाहरूमा सेवा प्रदान गर्दै लुम्बिनी प्रदेशका महत्वपूर्ण स्वास्थ्य कार्यालयहरूको नेतृत्व सम्हालेका छन्। चौधरीले स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा काम गरिसकेका छन्।
नयाँ जिम्मेवारी सम्हालेपछि चौधरीले सबैको सहयोग र सहकार्यबाट अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन।














