जुम्ला, २० कात्तिक २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले प्रश्नपत्र बाहिरिएका उपप्रध्यापक रबिन्द्र रोकायालाई लोक सेवा मार्फत स्थायीमा सिफारिस गरी पुरस्कार स्वरु भित्र्याएको छ।
सूचना नम्बर २६/०८२-०८३ (छनोट समिति) निम्न विज्ञापनको प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको लिखित परीक्षाको प्राप्ताङ्क र अन्तर्वार्ताको औषत अङ्क समेतका आधारमा देहाय बमोजिमको योग्यताकम कायम हुन आएकोले उम्मेदवारलाई नियुक्तिका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारीको सेवाका शर्त र सुविधा सम्बन्धी नियमावली, २०६९ को नियम २०च (८) वमोजिम मिति २०८२/०७/१५ को निर्णयानुसार नियुक्तिका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिफारिस गरेको छ ।
प्रतिष्ठान जुम्लामा गत जेठ महिनामा परीक्षा सुरु हुनु अघि नै प्रश्नपत्र बाहिरिएको समाचारमा पुष्टि भएको थियो। प्रतिष्ठानका एक कर्मचारीका अनुसार बी. फार्मेसी तेस्रो वर्षको अन्तिम परीक्षा अन्तर्गत “फार्मास्युटिकल ज्युरिसप्रुडेन्स गत जेठ ७ गते सञ्चालन गरिएको थियो। अनुसन्धानका क्रममा उक्त विषय पढाउने लेक्चर रविन्द्र रोकायाले प्रश्नपत्र बाहिरिएको कुरा पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार उनले प्रश्नपत्र विद्यार्थीहरूलाई ह्वाट्सएपमार्फत पठाएका थिए।
यस घटनाले प्रतिष्ठानमा निष्पक्षता र पारदर्शिता कायम गर्नेतर्फ गम्भीर प्रश्न उठाएको थियो।
विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने परीक्षाजस्तो संवेदनशील प्रक्रियामा यस्ता गम्भीर लापरबाही हुनु गम्भीर चिन्ताको विषय बनेको छ। यसले न केवल परीक्षाको विश्वसनीयता खल्बल्याउँछ, तर मेहनती विद्यार्थीहरूको मनोबलमा पनि असर पुऱ्याएको थियो।
प्रतिष्ठानका विद्यार्थीहरुले अयोग्य ठहरिएको व्यक्तिलाई लोकसेवा मार्फत सोही पदमा सिफारिस गरेको देख्दा पढाइमा झन बाधा हुने बताउछ्न।
विभिन्न पक्षहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । प्रतिष्ठान प्रशासनले समेत घटनाको पुष्टि गर्दै अयोग्य ठहरिने गरि करारनामा रद्द गरेको थियो।
शिक्षा क्षेत्रको मर्यादा जोगाउन र यस्ता घटनाको पुनरावृत्ति रोक्न आवश्यक सुधारात्मक कदम चाँडो चाल्नुपर्ने आवश्यकता देखिएको छ। परीक्षा प्रणालीलाई सुरक्षित, पारदर्शी र निष्पक्ष बनाउन उच्चस्तरीय छानबिन र कडाइका साथ कार्यान्वयन अत्यावश्यक छ।
प्रतिष्ठानले गरेको निर्णय:
निर्णय नं.१, प्रस्ताव न. १ उपर छलफल गर्दा यस प्रतिष्ठानका लेक्चरर श्री रविन्द्र कुमार रोकायले Pharmaceutical Jurisprudence (PHAR-475) विषयको प्रश्नपत्रवाहीको बाहीराको स्वयम निज रविद्र कुमार रोकायाले दिएको स्पष्टिकरणको जवाफ र छानविन समितिको प्रतिवदेनले पुष्टि गर्दछ । यस प्रतिष्ठानको गरीमा, ख्यातिमा आँच आउन सक्ने अवस्था परिक्षा प्रणालीको विश्वसनियता • पेशागत मर्यादालाई मार भविश्यमा पर्न सक्ने असर र नजिरलाई मध्यानर गर्दै निज प्रतिष्ठानमा करारमा कार्यरत लेक्चरर श्री रबिन्द्र कुमार रोकायाको गत जेठ १२ गतेका दिनबाट अयोग्य ठहरिने गरी करारनामा रद्द गर्ने निर्णय गरेको थियो ।














