काठमाडौं चैत २७ सरकारले लकडाउनका कारण काठमाडौंमा रोकिएकाहरु भोलि र पर्सि उपत्यकाबाहिर जान पाउने भएका छन् ।
बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले काठमाडौं बाहिर जाने गाडी खुलाउने निर्णय गरे सँगै उपत्यकामा रहेकाहरुले आफनो घर फर्कन पाउने भएका हुन् ।
भोली र पर्सी उपत्यकाबाट मात्रै गाडी जान पाउनेछन् भने बाहिरबाट उपत्यकामा गाडी भित्रन भने पाउने छैनन्।
लकडाउन लम्बिएपछि मानिसहरु हिँडेरै काठमाडौंबाट बाहिर जाने क्रम बढेपछि सरकारले यस्तो निर्णय लिएको हो ।
साथै आपूर्तिमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले गाउँ फर्कन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको बुझिएको हो ।