भक्तपुर, २४ चैत २०८१
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेको छ। प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा सकुशल डिस्चार्ज भएको छ ।
देशकै पहिलो कलेजो प्रत्यारोपण गर्ने शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा केन्द्रले देशको नियमित दुइ तिहाई कलेजो प्रत्यारोपण गर्ने गरेको छ । केन्द्रमा जम्मा रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुने गरेको छ जुन संसारमै सबैभन्दा कम शुल्क मध्येमा पर्दछ।
केन्द्रले आफनै भवन विना सिमित जनशक्तिका बाबजुत पनि देशको सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने संस्था हो र केन्द्रलाई उपयुक्त जग्गा उपलब्ध गराउन सके आफ्नै स्रोत साधनबाट ३०० बेडको भवन निर्माण गर्ने योजना बनाएको छ ।
हाल वार्षिक करीब २०० जनाको मृर्गौला र १५ जनाको कलेजो प्रत्यारोपण गरिरहेको यस केन्द्रलाई अन्य संघ संस्था जस्तै शैक्षिक प्रतिष्ठान बनाउन सके ३०० प्रतिशत थप कलेजो तथा मृर्गौला प्रत्यारोपण गर्ने सक्ने लक्ष्य लिएको छ ।