काठमाडौं, १ साउन २०८१
नेपाली चिकित्सकहरुको टिमबाटै त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण सफल भएको छ ।
अस्पतालले आफ्नै जनशक्तिले विदेशी चिकित्सकको सहारा नलिइ गरेको यो छैटौं प्रत्यारोपण हो भने समग्रमा यो १५ औं प्रत्यारोपण हो।
त्रिवि शिक्षण अस्पतालमा भएका त्यसअघिका ९ वटा प्रत्यारोपण विदेशी चिकित्सकको संलग्नतामा गरिएको थियो। प्रा.डा रमेशसिंह भण्डारीको टिमले ३० वर्षका पुरुषलाई २७ वर्षीया श्रीमतीले कलेजो दान गरिएको जानकारी दिए। दुवैजनाको स्वास्थ्य अवस्थामा राम्रो रहेको उनले बताए।
प्रा.डा भण्डारीले स्वदेशी टिम सक्षम बनेपछि प्रत्यारोपण नियमित हुँदै आएको र हरेक महिना कम्तिमा एउटा कलेजो प्रत्यारोपण भइरहेको जानकारी दिए ।
डा. भण्डारीले प्रत्यारोपणका लागि आवश्यक जनशक्तिमा त्रिवि शिक्षण अस्पताल आत्मनिर्भर भएकोले क्रमश प्रत्यारोपणको केशहरु बढ्दै जाने विश्वास व्यक्त गरे ।