Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ आश्विन १
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

पूर्वी नेपालको कोशी अस्पताल सेवा र संरचनामा अब्बल बन्दै

Nam Raj Bhatta by Nam Raj Bhatta
April 23, 2024
in News
Reading Time: 1 min read
A A
0
पूर्वी नेपालको कोशी अस्पताल सेवा र संरचनामा अब्बल बन्दै
589
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

मोरङ, ११ बैशाख २०८१

पूर्वी नेपालको सबैभन्दा ठूलो कोशी अस्पताल सेवा र संरचनामा अब्बल बन्दै गएको छ।

अत्याधुनिक सुविधासम्पन्न निमार्णधिन भवनको लागि साइट क्लियर हुन नसकेको र अहिले साइट क्लियर भएर निर्माणको काम चलिरहेको कोशी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले बताउनु भयो।

अस्पतालमा अहिले अनलाइन प्रणाली लागू गरेर व्यवस्थित बनाउन ई-हाजिरीको व्यवस्था र अस्पताल आउने कर्मचारीहरुको अभिलेख हुने गरेको पनि डा. झाको भनाई रहेको छ।

डा. झाका अनुसार ३५० शैयको अस्पतालमा अहिले आकस्मिकदेखि सम्पूर्ण सेवाहरु अस्पतालमा न्यूरो सर्जरी (जटिल प्रकारको शल्यक्रियासमेत) हुने गरेको छ। जनशक्ति
पर्याप्त नभएपनि न्यूरो र यूरो सर्जरीको काम भइरहेको छ।

२ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँ लागतमा उक्त भवनको काम भइरहेको छ। सहरी विकास तथा भवन निर्माण विभागले मूल्य अभिवृद्धि करबाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसामा कुल लागत अनुमान गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाडौंले ३ लाख ७१ हजार ७९९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा निर्माण ठेक्का लिएको डा. झाले बताए।

कोशी अस्पतालको मेडिकल भवनको निर्माण पूरा भएर सञ्चालनमा आएपछि कोशी अस्पताल एक हजार शय्याको हुने पनि डा. झाले बताए।

अहिले कोशीमा साढे ३ सय शय्यामा सञ्चालन रहेको छ। एक वर्षअधि शिलान्यास भएर निर्माण सुरु भएको ५ तले भवन निर्माणको काम पनि भइरहेको छ। ५ तलाको उक्त भवन ३३ करोड २२ लाख ४८ हजार ९११ रुपैयाँ ३३ पैसामा ठेक्का दिइएको थियो। उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो।

आठ तालाको बन्न लागेको कोशी अस्पतालभित्रको मेडिकल भवन ५०० शय्याको हो। दुई तलाको अन्डरग्राउण्ड
पार्किङ रहनेछ । पहिलो अन्डरग्राउण्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् ।
त्यस्तै, पहिलो अन्डरग्राउण्ड पार्किङमा २५ कार ८५ वटा बाइकल र मेडिकल कोठा हुनेछ । ग्राउण्ड फ्लोरमा रजिष्ट्रेशन, रोडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी र
जनरल स्टोर रहनेछ । पहिलो तलामा पिआईसीयू, एनआईसीयु र बच्चाको वार्ड रहनेछ। यो वार्डमा ९१ शय्याको रहनेछ। दोस्रो तलामा ९९ शय्याको अर्थोपेडिक
वार्ड हुनेछ भने तेस्रो तलामा ९१ शय्याको
मेडिकल वार्ड रहनेछ।

यस्तैगरी चौथो तलामा १०३ शय्याको टूमा सर्जिकल वार्ड रहनेछ। जसमा आँखा, नाक, कान, घाँटी, वर्न, डेन्टल र जनरल सर्जरी वार्ड रहनेछन् ।

यसैगरी, पाँचौ तलामा १०० शय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमाएसआईसीयु सिटिभिएस न्यूरो सर्जरी लगायतका वार्ड रहनेछन् । छठौ  तलामा ३० शय्याको शल्यक्रिया वार्ड रहनेछ। यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ
भने अन्य सामान्य शल्यक्रिया पनि यहि वार्डमा हुनेछ ।

यो वार्डमा सिएसएसडी, पोस्टअप वार्ड पनि रहनेछ। सातौं र आठौं तलामा सेमिनार र मिटिङ हल रहनेछ। ८ तलाको
भवनमा ६ वटा लिफ्ट रहनेछ। डाक्टर र विरामीको छुट्टाछुट्टै लिफ्ट रहनेछ ।

Tags: #government of Nepal#Health and population ministryKoshi hospital Biratnagar
SummarizeShare236ScanTweet147

Related articles

Dengue Fever Treatment

शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue

by Nam Raj Bhatta
September 16, 2026
0

नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस पनि फैलिएको छ । बागलुङमा डेङ्गु सङ्क्रमणले बागलुङ बजारका घरैपिच्छे बिरामी भएका छन् भने गाउँतिर स्क्रब टाइफसका बिरामी बढेका छन्...

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता

by Nam Raj Bhatta
September 15, 2026
0

नेपाल चिकित्सक संघ र डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सक संघका सदस्यहरुलाई सुविधा दिने गरी दुई संस्थाबीच सम्झौता भएको हो। चिकित्सक संघमा आबद्ध...

दार्चुला जीप दुर्घटनामा परेका ५ जना घाइतेको उपचार निसर्ग अस्पतालमा हुँदै

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु

by Nam Raj Bhatta
September 15, 2026
0

सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष प्रोटिन परीक्षण सेवा सुरु भएको छ। जटिल रोगको पहिचान, उपचारको प्रभावकारिता मूल्यांकन तथा बिरामीको अवस्थाको नियमित निगरानीमा महत्वपूर्ण मानिने...

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित

by Nam Raj Bhatta
September 15, 2026
0

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन तथा पूजाआजाका लागि आउने श्रद्धालु भक्तजनको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले पवित्र पाशुपत क्षेत्रमा सञ्चालन गरेको...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    878 shares
    Share 351 Tweet 220
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    705 shares
    Share 282 Tweet 176
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    696 shares
    Share 299 Tweet 165
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    647 shares
    Share 259 Tweet 162
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    698 shares
    Share 310 Tweet 162

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • शहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै #Dengue
  • नेपाल चिकित्सक संघ र आइएमई खल्तीबीच सम्झौता
  • सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निसर्ग हस्पिटलमा ‘विशेष प्रोटिन परीक्षण सेवा’ सुरु
  • हरितालिका तीजमा पाशुपत क्षेत्रमा ॐ हस्पिटलको निःशुल्क हेल्थ डेस्कबाट १ हजारभन्दा बढी लाभान्वित
  • नालीको छेउमा जन्मिएको बच्चा: संविधानको कागज र राज्यको वास्तविकता बीचको दूरी

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.