ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज एण्ड शिक्षण अस्पताल र मेदान्ता अस्पताल Gurugram, भारत बीच सहकार्यात्मक क्लिनिकल तथा शैक्षिक ज्ञान आदान–प्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य चिकित्सकहरूबीच अनुभव साटासाट गर्दै जटिल रोगहरूको उपचार तथा व्यवस्थापनबारे ज्ञान अभिवृद्धि गरेको थियो।
कार्यक्रममा मेदान्ताका सिनियर डाइरेक्टर – कार्डियाक सर्जरी डा. सुरिन्दर बजाज तथा अध्यक्ष न्युरोसाइन्सेज डा. भि. पि. सिंहको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले किष्टका चिकित्सकहरूसँग अन्तरक्रिया गर्दै आफ्नो दीर्घ अनुभव तथा विशेषज्ञता साझा गर्नुभएको थियो।
उक्त कार्यक्रममा किष्टका १०० भन्दा बढी युवा चिकित्सकहरूको सहभागिता रहेको थियो। अन्तरक्रिया कार्यक्रमका क्रममा चिकित्सकहरूबीच अनुभव आदान–प्रदान हुनुका साथै जटिल क्लिनिकल केसहरूबारे पनि संक्षिप्त छलफल गरिएको थियो, जसले सहभागी चिकित्सकहरूलाई महत्वपूर्ण सिकाइको अवसर प्रदान गरेको छ।




