काठमाडौं, २७ भाद्र २०८२
जेनजीले काठमाडौं उपत्यकामा आन्दोलनका क्रममा आगोले जलेकी पूर्व प्रधानमन्त्री झलनाथ खनाल पत्नी रविलक्ष्मी चित्रकारसहित २५ जना घाइतेको अहिले कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार भईरहेको छ ।
कीर्तिपुर बर्न सेन्टरका प्रमुख डा. किरण नकर्मीले आन्दोलनका क्रममा क्रममा आगोमा जलेका धेरै जना आउनु भएको र त्यसमा केहीको अवस्था गम्भीर रहेको बताउनुभयो ।
अस्पतालले अहिलेसम्म आन्दोलनका घाइतेमध्ये तीन जनालाई भर्ना गरेर उपचार गरेको जनाएको छ ।
चित्रकारको अवस्था गम्भीर
यसैबीच आन्दोलनकारीले घरमा आगो लगाउँदा जलेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको हिजो देखि नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भईरहेको छ । तर उनको अवस्था गम्भीर छ ।
डा. नकर्मीले भने, आन्दोलनका क्रममा घाइते भएर आएका २५ जना बढीको उपचार भईरहेको छ, त्यसमध्ये चित्रकार पनि एक हुनुहुन्छ । उहाँका अवस्था क्रिटिकल नै छ ।
डा. नकर्मीले केही पोलिएको र गोली समेत लागेको घाइते पनि अस्पतालमा आएको बताएका छन् ।
सोमबारको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै मंगलबार आक्रोशित भिडले सरकारी भवन संगै राजनीतिक दलका नेताहरुको निवासमा आगो लगाएका छन् । सोही क्रममा चित्रकार आगोमा परेकी हुन्।