काठमाडौं, ०८ असोज २०८२
म्याग्दीकी एक ८० वर्षीया वृद्धाले अंगदान गरी छोरीलाई नयाँ जीवन दिएको छिन् । अंगदान गर्ने गुमा भण्डारीले आफ्नो छोरी ४६ वर्षीया सीता पाण्डेलाई मिर्गौला दान गरेकी हुन् ।
गत भदौ २२ गते ललितपुर ग्वार्कोस्थित किष्ट अस्पतालमा सीताको मिर्गौला प्रत्यारोपण गरिएको हो ।
वृद्दा अवस्थामा पनि अंग दिएर बचाएर उनले आमाहरू छोराछोरीप्रति कति समर्पित हुन्छन् भन्ने उदाहरण देखाएको अस्पतालका चिकित्सकहरूले भनेका छन् । गुमाले कुनै हिच्किचाहट नगरीकन छोरीलाई मिर्गौला दान गरेको उनीहरूको भनाइ छ।
यसरी गरेको अंगदानले समाजमा नयाँ प्रेरणा दिएको अस्तपालका चिकित्सक, स्वास्थ्यकर्मीहरू बताउँछन् । अहिले दुवै जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन् । किष्ट मेडिकल कलेज नेपालको निजी क्षेत्रमै पहिलो पटक मिर्गौला र कलेजो प्रत्यारोपणको अनुमति पाएको थियो। kidney