भक्तपुर, २४ भदौ २०८२
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर बहादुर ढकाल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. ढकाललाई उक्त पदमा नियुक्त गरेका हुन । डा. ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव हुन ।
डा. ढकालले मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाको नेतृत्व सम्हाल्दै आएका छन् । मानव अंग प्रत्यारोपण विकास समिति (गठन) आदेश २०६८ को दफा ३ को उपदफा २ (क) को व्यवस्था बमोजिम डा. ढकाललाई अध्यक्षमा नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
ऐनको व्यवस्था बमोजिम अध्यक्षको पदावधि ४ वर्षको रहनेछ । विगत ४ महिनादेखि अध्यक्षको पद रिक्त थियो।