काठमाडौं, ५ साउन २०८१
काठमाडौंको ढलमा पोलियोको बिषाणु पहिलोपटक देखिएको छ ।
परिवार कल्याण महाशाखाले शुक्रबार ‘नेपालमा पोलियो रोगको अवस्थाबारे सञ्चारकर्मीसँग अन्तक्रिया कार्यक्रम’ आयोजना गरेकोमा बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले नमुना परीक्षणको नतिजाबारे बताउनुभयो।
जेठ १३ गते काठमाडौं महानगरपालिका–१२ त्रिपुरेश्वर नजिकै बागमती र टुकुचाको संगमबाट संकलित नमुना लिइएको थियो। प्रयोगशाला परीक्षणको नतिजा असार २९ गते आएको थियो। यसमा पोलियोको भाइरस देखा परेको हो। उक्त पोलियो भाइरस पोलियो खोपबाट उत्पन्न भाइरस रहेको डा. गौतमले जानकारी दिनुभयो।
डा. गौतमका अनुसार पोलीयो भाइरस टुकुचा र बाग्मतीको ढलमा पोलीयोको परिवर्तित भाइरस देखिएको हो । नेपालमा १४ वर्षपछि देखिने जोखिम बढेको डा. गौतमले बताउनु भयो।
डा. गौतमका अनुसार ५ वर्ष मुनिका बालबालिकालाई पोलियो खोप दिने तयारी ९ गते देखि १२ गते सम्म रहेको छ र १५ वर्ष मुनिको बालबालिकामा अतिसिघ्र लुलो पक्षघातको खोज पड्ताल पनि हो।
यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हप्तैपच्छे ४ ठाउँबाट ढलको नमूना संकलन गरि परीक्षण गर्ने तयारी गरेको छ।