काठमाडौं, ०५ पुष २०८२
काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले सिन्धुलीको रातामाटामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
केएमसीको प्राविधिक सहयोगमा रोटरी क्लब अफ भक्तपुरको आयोजनामा रातामाटामा भएको स्वास्थ्य शिविरमा २ हजार ३ सय ५३ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिनुभयो।
स्वास्थ्य शिविरमा ३०४ जनाको ल्याब परीक्षण, ३०४ जनाको भिडियो एक्सरे, २३७ जनाको ईसीजी गरिएको थियो ।
यस्तै २३ जनाको दाँत खोलिएको थियो भने ३३ जनालाई थप उपचारका लागि केएमसीमै रेफर गरिएको छ ।
नेपाली काङ्ग्रेसका नेता एवम् सामाजिक अभियान्ता डा. सुनिल कुमार शर्माले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ।









