आज मिति : २०८२ माघ २७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता

Nam Raj Bhatta by Nam Raj Bhatta
May 14, 2025
in News
A A
0
कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड र केबीएनपी कोरियाबीच सम्झौता
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

काठमाडौं, ३१ बैशाख २०८२

नेपालमै कोरियन प्रविधिमा पशु औषधि उत्पादन गरिने गरी नेपालको अग्रणी पशु औषधि उत्पादक कम्पनी, कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड (केपीएल) र दक्षिण कोरियाको प्रतिष्ठित बहुराष्ट्रिय कम्पनी केबीएनपी कोरियाबीच नेपालमा पशु औषधि उत्पादनका लागि एक महत्वपूर्ण प्राविधिक सम्झौता (टेक्निकल कोलाब्रेशन) मा हस्ताक्षर भएको छ ।

नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा बुधबार आयोजित कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकाल र पशु सेवा विभागका सह सचिव डा. सलिना मानन्धरको उपस्थितिमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका तर्फबाट अध्यक्ष हेमराज बडाल तथा केबिएनपीका तर्फबाट हानी स्वङगबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

यो सम्झौतासँगै कान्तिपुर फर्मास्युटिकल्सले केबीएनपी कोरियाको अत्याधुनिक प्रविधि र विशेषज्ञता प्रयोग गरी नेपालमै उच्च गुणस्तरको पशु औषधि उत्पादन गर्नेछ । यो सहकार्यले नेपाली पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने , मुख्यतया आयात प्रतिस्थापन गर्ने र नेपाली किसानहरूलाई सुलभ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने अपेक्षा गरिएको छ । prayers scaled

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडलाई केबीएनपीले लामो समयदेखि अनुसन्धानात्मक (रिसर्च एन्ड डेपलपमेन्ट) कार्यहरूमा सहयोग गर्दै आइरहेको थियो । केबीएनपी कोरियाका दक्ष प्राविधिकहरुबाट सन् २०२५ जनवरी ८ मा केपीएलको क्वालिटी अडिट सफल भएको थियो । सो अडिटको आधारमा कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडसंग केबीएनपीले सहकार्य गरेको कम्पनीका प्राविधिक प्रमुख विवेक सिंह महतले जानकारी दिए ।

कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका अध्यक्ष हेमराज बडालले केबीएनपी कोरियाजस्तो बहुराष्ट्रिय कम्पनीसँगको यो सहकार्य हाम्रो लागि गौरवको विषय उल्लेख गर्दै यसले नेपालमै अन्तर्राष्ट्रिय स्तरको पशु औषधि उत्पादन गर्ने हाम्रो क्षमतालाई अभिवृद्धि गर्नेछ र नेपाली पशुधनको स्वास्थ्य सुधारमा ठोस टेवा पुग्ने बताए ।
“यो प्राविधिक सहकार्यले नेपालको पशु औषधि उत्पादन क्षेत्रमा नयाँ आयाम थप्ने र देशलाई यस क्षेत्रमा आत्मनिर्भर गराई निर्यात तर्फ उन्मुख गराउन मद्दत पुग्ने विश्वास लिइएका छौ ।”

त्यसैगरी, केबीएनपी कोरियाका हानी स्वङगले भने “कान्तिपुर फर्मास्युटिकल्ससँग सहकार्य गर्न हामी उत्साहित र खुसी छौ। नेपालको पशु औषधि बजारमा प्रचुर सम्भावना देखेका छौं र हाम्रो प्राविधिक ज्ञान र कान्तिपुर फर्मास्युटिकल्स ल्याबको गुणस्तरिय उत्पादन प्लान्ट तथा बजार व्यवस्थापन विशेषज्ञताको संयोजनले यहाँ उत्कृष्ट नतिजा दिनेमा विश्वस्त छौं ।“

काभ्रेस्थित पाँचखाल नगरपालिका–७ संचालनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड नेपालको एक अग्रणी पशु औषधि तथा पशु आहार पूरक उत्पादक कम्पनी हो । हालसम्म यस कम्पनिमार्फत विभिन्न २६ वटा आहारपुरक पदार्थहरुको विभिन्न नाम तथा ब्रान्डहरुको सपलिमेन्ट्सहरु बजारमा बिक्री वितरण भई रहेको छ तथा एलोपेथिक औषधि तर्फ ७० वटा विभिन्न औषधिको बजारीकरण अनुज्ञापत्रहरु तथा ४० बटा औषधिको उत्पादन अनुज्ञा पत्रहरु नियमक औषधि व्यवस्था विभाग मार्फत प्राप्त भइ सकेको छ ।

गुणस्तर, नवीनता र ग्राहक सन्तुष्टिलाई मुलमन्त्र मान्दै कम्पनीले नेपाली पशुपालन क्षेत्रको वृद्धि र आधुनिकीकरणका लागि निरन्तर काम गरिरहेको छ । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेड हालै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने घोषणा पनि गरिसकेको छ । स्थापनाकालदेखि नै पशु स्वास्थ्य सेवामा समर्पित कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले गुणस्तरिय उत्पादन मार्फत नेपाली बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ।

हाल कम्पनीको दुईवटा अत्याधुनिक उत्पादन प्लान्ट सञ्चालनमा रहेको छः जसमा पशु औषधिको व्यावसायिक उत्पादन प्लान्ट (सन् २०२४ अगस्टदेखि व्यावसायिक उत्पादन तथा वितरण सुरुभएको हो भने पशु आहार पूरक (एनिमल फिड सप्लिमेन्ट) उत्पादन प्लान्ट (सन् २०२१ नोभेम्बरदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ ।

केबीएनपी दक्षिण कोरियाको एक प्रतिष्ठित बहुराष्ट्रिय पशु स्वास्थ्य उत्पादन कम्पनी हो । जसले भेटेरिनरी खोप, औषधि, पोषण पूरक र कीटाणुनाशकहरू उत्पादन गर्छ। सन् १९८८ मा स्थापना भएको यो कम्पनीले बेयर कोरियाबाट पशु खोप एकाई अधिग्रहण गरी अत्याधुनिक जैविक उत्पादन सुविधा स्थापना गरेको छ । केबीएनपीले पाकिस्तान, इन्डोनेसिया, भारत, भियतनाम, अमेरिका लगायत ३९ देशहरूमा आफ्ना उत्पादनहरू निर्यात गर्दै विश्वव्यापी बजार उपस्थिति बनाएको छ ।

कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च गुणस्तरका खोप विकास गर्छ, जुन पशु स्वास्थ्य व्यवस्थापनमा उपयोगी छन् । साथै, यसले वातावरणमैत्री दृष्टिकोण अपनाउँदै ग्राहक, कर्मचारी र शेयरधारकहरूको समुन्नत विकासमा लगानी केन्द्रित गरेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडका निर्देशक नवराज पौडेलले जारी गरेको विज्ञप्तमा जनाइएको छ।

नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं नेपाल उत्पादक संघका पूर्व अध्यक्ष प्रज्वल जंग पाण्डेले नेपालमा एक नविनतम काम गर्नु भएकोमा कान्तिपुर फर्मास्यूटिकल्स ल्याब परिवारलाई शुभकामना व्यक्त गर्नुभयो।

Tags: kantipur Pharmaceuticals LabMedicine
Previous Post

नर्भिक इन्टरनेसनल अस्पतालमा १६ नर्सिङ कर्मचारी पुरस्कृत

Next Post

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

Related articles

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
News

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

7 hours ago
1.6k
काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न
News

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

8 hours ago
1.6k
निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)
News

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

8 hours ago
1.6k
किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा
News

किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा

7 days ago
1.6k
३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने
News

३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने

1 week ago
1.6k
काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता
News

काठमाडौंमा ऐतिहासिक चिकित्सा सम्मेलन : म्याक्स हेल्थकेयरको कोलोरेक्टल क्यान्सर कन्क्लेभमा १०० भन्दा बढी वरिष्ठ चिकित्सकको सहभागिता

1 week ago
1.6k
Next Post
Understanding Hypertension Dr Satish Niraula

Understanding High Blood Pressure #Hypertension: A Comprehensive Guide by Dr Satish Niraula

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Bhageshwor Gaun palika awareness
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Dasharathchand nagarpalika vital events registration
Dasharathchand nagarpalika vital events registration
The Medical Solutions products
The Medical Solutions products
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Dr Mukunda Jha Kids thumb sucking problem के तपाईको बच्चाको औंला चुस्ने बानी छ ? #ThumbSuckingDr Mukunda Jha Kids thumb sucking problem
मसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spicesमसलाहरुको औषधिय प्रयोग – Medicinal usage of Spices
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (133)
  • Disease (106)
  • English (53)
  • Fitness (27)
  • Health (201)
  • Lifestyle (58)
  • News (3,432)
  • Nutrition (43)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...