काठमाडौं, ६ पुष २०८१
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा श्रीराम सुवेदीलाई नियुक्त गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।
यसअघि अस्पतालको अध्यक्षमा रहेका डा. बाबुराम गौतमको पदावधी दुई महिना अघि सकिएको थियो । अध्यक्षको पदावधी दुई वर्षको रहने प्रावधान छ।