✍️ शिव प्रसाद न्यौपाने
नेपालीहरुको दोस्रो महानचाड तिहार आउदै गर्दा रुकुम पश्चिम् र जाजरकोट बासीहरुलाई भुकम्पले बिचल्ली बनाई दिएको छ।
गत कार्तिक १७ गते राती ११:४८ बजे जाजरकोटको रामिडाडालाई केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्निच्युटको भुकम्प जाँदा १५७ जनाले ज्यान गुमाउनुको साथै ३५० जना भन्दा बढी घाईते भएका थिए । कतिले आफ्नो बंसज नाश हुने गरी परिवार गुमायो भने कतिले आफन्त गुमायो त कतिले आफ्नो साहारा नै गुमायो । तीमध्ये पनि जे जति बाँचेका पिडितहरु छन् उनीहरु सबै मरेतुल्य भएका छन ।
देशभर तिहारको झिलमिल्ली भईरहँदा ती जाजरकोट र रुकुमपश्चिमका बासीहरु कहाँ बस्ने, के खाने भन्नेमा नै पिरोलिएका छन ।
राहतको नाम लिदै सहयोगीहरु सामाजिक सन्जाल तिर त छाइरहेको देखिन्छ तर त्यो राहत पिडितको हातमा पुगेको देखिदैन । सरकारमा देखिएको राजनितीक दलहरु त्यहाँको अबस्था बारे अबलोकन गरी फर्किएका छ्न। पिडितहरुको अबस्था देख्दा र सुन्दा अनि म सङ्गै त्यहाँ का पिडितहरुको परिवारका व्यक्ति सङगै काम गर्ने भएकाले फोनमा कुरा गरिरहेको बेला त्यहाँका पिडित हरुले आवश्यक राहत नमिलेको कुरा सुन्दा ती राजनितिक व्यक्तिहरु त्यहाँ मेला हेर्नको लागि र राजनीतिक व्यक्तिहरुले देखाएका मानवीय धर्म लाई आउदो चुनाब सङ साटिरहेका छन कि जस्तो लागिरहेको पनि छ ।
अहिले यो अबस्थामा जाजरकोट बासीलाई सहयोगको आवश्यक परेको छ। त्यसैले जहाँ-जहाँबाट सहयोग उपलब्ध भएको छ त्यो सहयोग पिडित सम्म छिटो भन्दा छिटो पुगोस कामना गर्द्छु। सहयोग जम्मा बनाएर व्यापार नगर्न अनुरोध पनि गर्दछु धन्यवाद ।
[लेखक: हाल कामको सिलसिलामा साउदी अरेबियामा हुनुहुन्छ ।]