Magnus pharma
आज: २०८२ चैत्र ९
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

गाउँमै पुगेर विशेषज्ञ सेवा दिदै जैमिनी नगरपालिका

Nam Raj Bhatta by Nam Raj Bhatta
February 14, 2024
in News
Reading Time: 1 min read
A A
0
गाउँमै पुगेर विशेषज्ञ सेवा दिदै जैमिनी नगरपालिका
586
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

बाग्लुङ, २ फागुन २०८०

जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ ।

नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो ।

दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी उपचार गरिरहेको नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । Baglung 1

आर्थिक अभावका कारण सबै नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिन नसक्ने अवस्था रहेकाले महिनामहिनामा गाउँ पुगेर निःशुल्क शिविर सञ्चालन गरिरहेको उनको भनाइ छ।

नगरपालिकाले माघमा मात्रै तीन वटा विशेषज्ञ डाक्टरसहितको शिविर सञ्चालन गरेको छ । उपप्रमुख शर्माले माघ पहिलो साता पालिका केन्द्र कुश्मिसेरामा दुई दिने स्वास्थ्य शिविर, दोस्रो साता वडा नं ७ र ८ का नागरिकलाई लक्षित गरी छिस्तीमा छालारोग सम्बन्धी शिविर सम्पन्न गरेको जानकारी दिए ।

आईतबार वडा नं २ र ३ लाई लक्षित गरी दमेक स्वास्थ्य चौकीमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको शर्माले बताए । कोही पनि नागरिक आर्थिक अभावमा उपचार नपाएर अकालमा ज्यान गुमाउन नपरोस् भने गत वर्षदेखि गाउँगाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गर्दै आइएको उनले बताए ।

“हरेक नगरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने उद्देश्यले नगरपालिका लागिपरेको छ । सीमित स्रोत साधानकाबीच पनि हामीले सबै नागरिकलाई शिविर सञ्चालन गरेर विशेषज्ञ सेवा दिइरहेका छौँ । सबै ठाउँमा विशेषज्ञ डाक्टर राखेर नियमित सेवा दिन सकिने अवस्था नभएकाले शिविर सञ्चालन गरेका हौँ”, उपप्रमुख शर्माले भने, “शिविरमार्फत पालिकाका सबै वडामा पुगेर सेवा दिइरहेका छौँ ।”Freehealth service

पोखरा, बागलुङलगायतका अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरलाई लिएर गाउँ–गाउँमा शिविर सञ्चालन भइरहेको शर्माको भनाई छ । शर्माका अनुसार डा. ओमकुमार श्रेष्ठ, बालरोग विशेषज्ञ डा. किरण शर्मा, स्त्रीरोग विशेषज्ञ डा. विष्णु पालिखे र फिजिसियन डा. सरोजचन्द्र बराल लगायतको टोलीले शिविर मार्फत सेवा दिइएको थियोे ।

शिविरलाई स्वास्थ्य कार्यालय बागलुङले निरन्तर सहयोग गर्दै आएको शर्माले बताए । शिविरमार्फत प्रजनन् स्वास्थ्य, पाठेघरको परीक्षण, भिडियो एक्सेर, पाठेघर तथा स्तन क्यान्सरको परीक्षण, बाल रोगलगायत बिरामीको स्वास्थ्य परीक्षण, उपचार र निःशुल्क औषधि वितरण गरिरहेको उहाँले जानकारी दिए । “गम्भीर रोगका बिरामीलाई समयमै उपचारका लागि सुझावसमेत दिने गरिएको छ”, उनले भने ।

वडा नं २ की ७२ वर्षीया लीलादेवी सापकोटाले आफू लामो समय बिरामी रहेको सुनाउँदै गाउँमा डाक्टर आएर सेवा दिएपछि उपचार पाएको बताए । वर्षौँ अगाडि पाठेघरको शल्यक्रिया गरेको भन्दै अस्पताल टाढा हुँदा नियमित जाँच गर्न नपाएको उनले बताए । Jaimini municipal

गाउँमा धेरै बुढाबुढी बिरामी रहेको भन्दै डाक्टरले गाउँमा आएर सहज रुपमा स्वास्थ्य परीक्षण गरी उपचार गरेको सापकोटाको भनाइ थियो । “सामान्य रोगको उपचार गाउँका स्वास्थ्य चौकीमा गराउने गरेका थियौँ । जटिल खालको रोग लाग्यो भने बागलुङ, पोखरा र काठमाडौँ पुग्नुपर्ने बाध्यता थियो”, उनले भने, “अहिले नगरपालिकाले हाम्रै गाउँमा ठूला डाक्टर लिएर घरमै उपचार सेवा दिँदा समय र खर्चको सदुपयोग भएको छ । स्थानीय सरकारले जनताको भावना बुझ्न थालेको छ ।”

स्थानीय पशुपति सापकोटाले विशेषज्ञ डाक्टर सहित आएर  शिविरमार्फत गाउँका धेरै नागरिक लाभान्वित भएकोमा खुशी व्यक्त गरेको बताउनु भयो । पहिलेको तुलनामा पछिल्लो समय जैमिनी नगरपालिकाको स्वास्थ्य क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै आएको भन्दै थप दक्षजनशक्तिसहित स्वास्थ्य चौकीमा व्यवस्थापन गर्न आवश्यक रहेको सापकोटाको भनाइ छ।

Tags: Free Health check upHarihar sharmaHealth office BaglungJaimini municipal Baglung
SummarizeShare234ScanTweet147

Related articles

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक

by Nam Raj Bhatta
March 22, 2026
0

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आज आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्।  'जेन-जी' आन्दोलन पश्चात् सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा...

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने

by Nam Raj Bhatta
March 22, 2026
0

ललितपुरस्थित किष्ट मेडिकल कलेज एवम् शिक्षण अस्पतालमा गरिएको कलेजो प्रत्यारोपणसम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने भएको छ । स्विट्जरल्यान्डको जेनेभा मा मे ६ देखि ९ सम्म आयोजना हुने...

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

by Nam Raj Bhatta
March 22, 2026
0

रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई सेवाको सञ्चालनमा आएको छ । शुक्रबार अस्पतालको ११६ औँ बार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उक्त सेवाको उद्घाटन गर्नु भएको थियो...

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा

by Nam Raj Bhatta
March 22, 2026
0

जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको छ। विगत लामो समयदेखि कालिकोट जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दिँदै आएको विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा आएको...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    631 shares
    Share 252 Tweet 158
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    623 shares
    Share 249 Tweet 156
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    661 shares
    Share 296 Tweet 152

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • स्वास्थ्यमन्त्री डा. सुधाको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक
  • किष्ट मेडिकल कलेजमा भएको कलेजो प्रत्यारोपण अध्ययन अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुने
  • लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु
  • जिल्ला अस्पताल कालिकोटमा विशेषज्ञ चिकित्सा सेवा पुन: सञ्चालनमा
  • सार्क क्षेत्रमा बर्ड फ्लू र यसको स्थानिकता #Birdflu

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.