काठमाडौं, १२ भाद्र २०८१
इशान बाल तथा महिला अस्पतालले २९ वर्ष पूरा गरेर ३० औं वार्षिकोत्सब मनाएको छ। बसुन्धरास्थित १५ बेडबाट सुरु भएको अस्पतालले हाल ८० बेडबाट सेवा दिईरहेको छ।
अस्पतालका निर्देशक प्राडा. रामनन्दन प्रसाद चौधरीले कर्मचारीको लगनशिलताले अस्पताल यहाँसम्म पुगेको भन्दै धन्यावाद व्यक्त गरेका छन्।
डा. चौधरीले अस्पतालले बालरोग, बाल सर्जरी, बाल युरोलोजी, बाल कार्डियोलोजी, बाल नेफ्रोलाजी लगायत महिला तथा वयस्कका अन्य विशेषज्ञ सेवाहरु विस्तार गर्दै लगेको बताए।
नवजात शिशु तथा बाल शल्य तथा बाल यूरोलोजी चिकित्सकको क्षेत्रमा ख्याती कमाउन अस्पताल सफल भएको छ। अस्पतालले चाँडै नै बच्चाहरुको बोनम्यारो प्रत्यारोपण र सीटी स्क्यान सुविधा पनि सुरु गर्ने तयारी गरेको डा. चौधरीले बताए।
अस्पतालले हरेक दिन बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म जनरल बाल रोग, नवजात शिशु उपचार सेवा, शिशु तथा बाल शल्यक्रिया र बाल युरोलोजी सेवा, बाल हाडजोर्नी सेवा, स्त्री तथा प्रसुती सेवा, बाल नाक, कान, घाँटी, बाल आँखा रोग, बाल दन्त रोग सेवा उपचार, बाल हेमाटोलोजी(अनकोलोजी उपचार, बाल ग्यास्ट्रो इन्टेरोलोजी, बाल इन्डोस्कोपी, कोलोनोस्कोपी, बाल न्युरोलोजी, बाल कार्डियोलोजी, बाल एलर्जी, बाल नेफ्रोलाजी, बाल पल्मोनोलोजी सेवा दिँदै आएको डा. सरोज रतन शाहले जानकारी दिए।