काठमाडौं, ८ पुष २०८१
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) मा विभिन्न विषयमा २६ जना उपप्राध्यापक माग गरिएको छ। सार्वजनिक सूचना जारी गर्दै दरखास्त आह्वान गरिएको छ।
हरेक विषयमा १/१ गरी विभिन्न २६ विषयमा उपप्राध्यापक एक वर्षे करारमा लिन लागिएको बताइएको छ।
सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन बुझाउन पर्ने भनिएको छ।