अर्घाखाँची, १३ कात्तिक २०८१
अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामीहरुको सङ्ख्या ३५ जना पुगेको छ।
सन्धिखर्क नगरपालिका–१ तारामार्गमा दीपक केसीले आइतबार देउराली पूजा लगाएको थियो। प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको सङ्ख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए। आज बिहान थप सातजना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन्।
अर्घाखाँची अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताउनु भयो । उनीहरू सबैको अवस्था सामान्य छ। आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए। ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा. तिवारीले जानकारी दिनुभयो।
बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेकोमा अहिले २ जना उपचार पछि घर फर्किएको डा. तिवारीले बताउनु भयो।