Magnus pharma
आज: २०८२ चैत्र १०
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै

Nam Raj Bhatta by Nam Raj Bhatta
December 22, 2025
in News
Reading Time: 2 mins read
A A
0
माघको अन्तिम सातादेखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइदै
585
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, ०७ पुष २०८२

सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सरविरुद्धको ‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । नियमित राष्ट्रिय खोप तालिकाअनुसार एचपीभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

सोमबार पत्रकार अन्तरक्रियामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिइएको हो ।

कार्यक्रममा बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले खोप कार्यक्रमका लागि करिब सम्पूर्ण तयारी भएको बताउनु भयो । उनले खोप दिने समयमा निर्वाचन तथा चाडपर्वले केही प्रभावित बनाउन सक्ने भन्ने आकलन छ, तथापि माघको अन्तिमबाट सुरु गरेर फागुनको पहिलो साता अभियान सम्पन्न गर्ने योजनासहित तयारी गरिएको छ । यसबारे थप जानकारी र मिति छिट्टै सार्वजनिक गरिने छ ।

डा. गौतमका अनुसार कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ । गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेकामा यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।

विभिन्न वैज्ञानिक प्रमाण र खोप सल्लाहकार समितिका अनुसार एक मात्राको खोप लगाए पनि त्यसको प्रभावकारिता हुने भनिएपछि यसपटक एक मात्रा मात्र दिन लागेका डा. गौतमले बताए।

बढीभन्दा बढीलाई खोप कार्यक्रममा सहभागी हुनका लागि विगतका सिकाइका आधारमा सचेतना फैलाउने काम भइरहेको उनले बताए।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा औसतमा प्रत्येक दिन चारजना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको ज्यान जाने पहिलो मुख्य कारण रहेको त्यस अवसरमा जानकारी दिइयो । पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापिलोमा भाइरसको सङ्क्रमण हुनु हो । सरकारले हाल १४ वटा रोगविरुद्ध ११ प्रकारका खोप दिँदै आएको छ ।

डा. गौतमले नेपालले खोप ‘कभरेज’को हिसाबले विकसित मुलुकको तुलनामा पनि उल्लेखनीय प्रगति गरेको सुनाउँदै खोपप्रति मानिसको सकारात्मक धारणा बनाउन सके यसलाई अझै बढाउन सकिने बताउनु भयो।

विश्व स्वास्थ्य संगठनले खोपको गुणस्तर प्रमाणीकरण गरेपछि मात्र खोप प्रयोग योग्य हुने भएकोले बिना संकोच एचपिभी खोप लगाउन विश्व स्वास्थ्य संगठनका डा. पवन उपाध्यायले आग्रह गरे। खोप आपूर्ति गर्ने संस्थाले अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता भएको खोप मात्रै आपूर्ति गर्नुपर्ने व्यवस्था रहेकोले एचपिभी खोपबारे गलत बुझाई नराख्न उनले सुझाव छ। कुनै पनि खोपले परीक्षणको चरण पार गर्नका लागि कम्तीमा पनि १० वर्ष भन्दा लामो समय लाग्ने उनले जानकारी दिए।

स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा निर्देशक डा. मदन कुमार उपाध्यायले नेपालको खोप कार्यक्रम एक सफल कार्यक्रम अन्तर्गत रहेको बताउनु भयो। नेपालका सबै जिल्ला तथा स्थानीय तहहरु पूर्ण खोप घोषणा भइसकेपनि निरन्तरता दिन भने चुनौती रहेको उनको धारणा छ। त्यसको निरन्तरताका लागि सरकारको तर्फबाट भने काम भइरहने उनले बताए।

madanupadhya6994732515723663588
Tags: Dr. Abhiyan GautamDr. Madan Kumar Upadhya
SummarizeShare234ScanTweet146

Related articles

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती

by Nam Raj Bhatta
March 24, 2026
0

बैतडी जिल्लामा यो वर्ष ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । नयाँ संक्रमितमध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी...

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै

by Nam Raj Bhatta
March 24, 2026
0

नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए) को आयोजनामा चैत २६, २७ र २८ गते अन्तर्राष्ट्रिय स्तरको तीन दिने (नेपडेन्ट २०२६) सम्मेलन हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा चौथोपटक उक्त...

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 

by Nam Raj Bhatta
March 24, 2026
0

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा आयोजित दुई दिने निःशुल्क स्वास्थ्य शिविरमा १,६१९ जना सेवाग्राहीले विशेषज्ञ सेवा लिएका छन्। ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले गरिमा विकास बैंक र...

बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

by Nam Raj Bhatta
March 24, 2026
0

बझाङको बुङगल नगरपालिकामा सुविधासम्पन्न अस्पताल निर्माण कार्य सम्पन्न भएको छ। अस्पताल भवन तयार भए पनि सञ्चालनमा ल्याउन समस्या भएको नगरपालिकाले जनाएको छ। नगर उपप्रमुख धनबहादुर बोहराका अनुसार अस्पताल...

Please login to join discussion

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×
Tokha Nagarpalika Awareness messages
Nagarik lagani kosh pension yojana

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    635 shares
    Share 254 Tweet 159
  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    629 shares
    Share 252 Tweet 157
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    624 shares
    Share 250 Tweet 156
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    663 shares
    Share 296 Tweet 153
  • प्रसूति अस्पतालमा फिस्टुलाको निःशुल्क शल्यक्रिया सेवा

    611 shares
    Share 244 Tweet 153

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • बैतडीमा ८७ नयाँ क्षयरोगी फेला, परीक्षणमा नआउँदा चुनौती
  • World TB Day 2026 : Half of Affected Children Missing
  • दन्त सामग्री बितरक संघले काठमाडौंमा चौथो ‘नेपडेन्ट’ सम्मेलन गर्दै
  • दिक्तेलमा ॐ हस्पिटलको बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न 
  • बुङगल नगरपालिकामा अस्पताल निर्माण सम्पन्न, सञ्चालनमा समस्या

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

 

Loading Comments...
 

You must be logged in to post a comment.