काठमाडौं, २६ साउन २०८२
होस्टल व्यवसायी संघ नेपालले तेस्रो वार्षिकोत्सबको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ।
बानेश्वरस्थित संघले एभरेष्ट हस्पिटल प्रालिको सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम गरेको हो।
निशुल्क स्वास्थ्य शिविर कार्यक्रममा एभरेष्ट हस्पिटलले १ सय जनाको निःशुल्क भिडियो एक्सरे गरेको थियो। हस्पिटलले निशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरेको थियो। साथै कार्यक्रममा ५० पिन्ट रगत संकलन गरिएको थियो।
कार्यक्रमको सुरुवातमा संस्थाको कार्यालय बुद्दनगरमा जोर पानस बालेर उन्नति प्रगतिको लागि संस्थाको लोगो राखेर निर्माण गरिएको केक काटेर उत्सब मनाइएको थियो ।
कार्यक्रममा संस्थाको संरक्षक, संस्थापक, पूर्व अध्यक्ष, निवर्तमान पदाधिकारीहरु, केन्द्रिय कार्य समिति, जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति लगायत तमाम व्यवसायी ज्यूहरुको सहभागिता रहेको संस्थाका केन्द्रिय अध्यक्ष सुनील भेटवालले जानकारी दिनुभयो।
एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नु भएकोमा धन्यवाद दिनुको साथै अगामी दिनमा पनि यस्तै साथ र सहयोगले अगाडि बढ्नुपर्ने संघका उपाध्यक्ष किरण शर्माले जानकारी दिनुभयो ।