धनगढी, १७ माघ २०८०
सामाजिक बिकास मन्त्रालय सुदुरपश्चिम प्रदेशको प्रवक्तामा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत हेमराज खड्कालाई जिम्मेवारी दिइएको छ।
मन्त्रालयका निमित्त प्रदेश सचिब गणेश बहादुर सिंहले शुसासन (व्यवस्थापन तथा संकलन) ऐन २०६४ को द्फा ३५ बमोजिम मन्त्रालयका सार्वजनिक सरोकारका सुचना सरोकारवालाहरुलाई प्रवाह गर्नको लागि खड्कालाई प्रवक्ताको जिम्मेवारी तोकेको हो।
अधिकृत खड्का स्वास्थ्य प्रवर्द्धन केन्द्र कंचनपुरकाे प्रमुख पनि हुन् । स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालकाे कार्यबाहक अध्यक्षकाे जिम्मेवारी समेत प्राप्त भएकाे छ ।
संघका अध्यक्ष डा. शालिक राम धिताल अस्ट्रेलियामा रहेकोले भौतिक रुपमा नेपालमा उपस्थित हुन नसक्ने भएको हुँदा संघका उपाध्यक्ष खड्का लाई स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालको विधानको परिच्छेद ५, दफा १७ को उप दफा १ अनुसार काम गर्ने गरी सोहि उप दफा २ को (ग) बमोजिम नियमित कार्य संचालन गर्न र कुनै पनि नीतिगत निर्णय गर्नुपरेमा कार्य समितिको भौतिक वा विधुतीय बैठकको निर्णय अनुसार गर्न गराउनका लागि कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी तोकिएको छ अध्यक्ष धिताल हस्ताक्षरित पत्रमा उल्लेखित छ ।