ललितपुर, २२ जेठ २०८१
सेवा स्पिच एण्ड हियरिगं क्लिनिक तथा नेपाल ऑखा अस्पतालको प्राविधिक सहयोग र श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानको विशेष संयोजन तथा श्री महालक्ष्मी मा वि लुभु, ललितपुरको आयोजनामा सोमवार दृष्टि, कान र श्रवण परिक्षण शिविर कार्यक्रम (Vision, Ear & Hearing Screening Camp) सम्पन्न भएको छ।
शिविरमा महालक्ष्मी विद्यालयका ५२५ बिद्यार्थीले दृष्टि, कान र श्रवण सम्बन्धि निशुल्क परीक्षण गरेका छन् ।
निशुल्क शिविरमा नाक कान तथा घाँटी रोग विशेषज्ञ डा. लिजन महर्जन र डा. अन्जु शाह, मेडिकल अफिसर डा. अजय पाण्डेय, डा. आशिष पाण्डे र डा. लसता शाक्यले सेवा दिएका थिए ।
उक्त शिबीरबाट श्रवण शक्ती कमजोर रहेका ४७ जना अशक्त विद्यार्थीहरूलाइ थप उपचारको व्यवस्था मिलाउन आवश्यक पहल गरिने श्री नन्दकिशोर प्रतिभा प्रतिष्ठानका अध्यक्ष नन्दकिशोर श्रेष्ठले बताए।
कार्यक्रममा सम्बोधन गर्दै डा. महर्जनले कम कान सुन्ने बिधार्थीहरुको पठनपाठनमा धेरै नकारात्मक असर देखिने हुनाले school hearing screening अनिबार्य गर्नुपर्नेमा जोड दिनुभयो। डा. महर्जनका अनुसार विकसित मूलुकहरुमा सबै नवजात शिशुको universal newborn hearing screening गरिन्छ, जुन नेपालमा सुरू भएको छैन। त्यसैले गर्दा एउता मात्र कान सुन्ने रोग र ढीलो बहिरोपन सुरू हुने रोगहरु पत्ता लगाउन पनि यस किसिमको school hearing screening ले मद्दत पुर्याउछ।
यस्तैगरी स्कूलका शिक्षकशिक्षिकाहरु, स्कूल नर्सहरु तथा अबिभाहकलाई पनि यस बारे चेतना गराउनुपर्ने डा. महर्जनले बताए।
समयमै पत्ता लगाए, समयमै उपचार गर्दा धेरै फाइदा हुन्छ र कुनै कुनै केसमा जीवन नै परिवर्तन हुन सकिने उनले बताए। ५ बर्ष भन्दा माथिका विद्यार्थीलाई PTA गरी ५-१० मिनेट मै पत्ता लगाउन सकीने उनले बताए।
सेवा स्पीच एण्ड हेयरिङ क्लिनिक सञ्चालनमा आएको १ बर्ष भयो। यस क्लिनिकमा बोल्न र सुन्नमा समस्या भएका बालबालिका, वृद्धवृद्धा सहित सबै उमेर समूहका व्यक्तिको उपचार हुन्छ। यस क्लिनिकमा तीन जना वाक तथा श्रवण विशेषज्ञ (अडियोलोजिस्ट) कार्यरत छन्। सुनाई र बोलाई सम्बन्धी समस्याको सबै किसिमको उपचार यस क्लिनिकमा हुने डा. महर्जनले बताए ।
डा. महर्जनका अनुसार क्लिनिकमा अहिले कान नसुन्ने, सुनाईमा समस्या भएका वृद्धवृद्धाहरु उपचारका लागि बढी आउने गरेका छन् ।