काठमाडौं, १३ पुष २०८१
दैलेखी सेवा समाजले स्वास्थ्य क्षेत्रका चार वरिष्ठ चिकित्सकलाई सम्मान गरेको छ ।
नेपालको चिकित्सा क्षेत्रमा दिएको योगदानको कदर गर्दै समाजले वरिष्ठ मुटु रोग विशेषज्ञ प्रा.डा. भगवान कोइराला, वरिष्ठ क्रिटिकल केयर मेडिसिन विशेषज्ञ प्रा.डा. सुवास आचार्य, क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही र वालरोग विशेषज्ञ डा. दिनेश कोइरालालाई ‘स्वास्थ्य सेवा’ पुरस्कारबाट सम्मान गरेको हो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानित चिकित्सकहरुलाई सोमबार पुरस्कारसहित सम्मान गरेका थिए।