काठमाडौं, ६ फागुन २०८०
सरकारले नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा. प्रमोद जोशीलाई नियुक्त गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गर्न निर्णय गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत डा. जोशी दशै तहका वरिष्ठ हाडजोर्नी विशेषज्ञ हुन्।
परिषदका सदस्यको कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। रिक्त रहेको पदमा सरकारले डा. जोशीलाई नियुक्त गरेको हो।
नेपाल चिकित्सक संघका कोषाध्यक्षसमेत रेहेका डा. जोशीले राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी समेत सम्हालिसकेको छ।
डा. जोशीले सुदुरपश्चिमका सबै जिल्लामा रहेर लामो समयसम्म निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्नुका साथै स्वास्थ्य संस्थाहरुको बिकास निर्माण गर्नमा उल्लेखनीय भुमिका निर्वाह गरेको छ ।