काठमाडौं, १० फागुन २०८२
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को १७ औं नाम दर्ता अर्थात (लाइसेन्स परीक्षामा) ६७.३१ प्रतिशत उत्तीर्ण भएका भएका छन् ।
गत ५ देखि ८ फागुनसम्म परिषदले बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटीभ रिर्सच सेन्टरमा सञ्चालन गरेको परीक्षाको नतिजा शुक्रबार अपरान्ह प्रकाशित गरेको छ ।
परिषदका परीक्षा समिति सदस्य सचिव बसन्तकुमार श्रेष्ठले विभिन्न ४४ विषयमा लिइएको परीक्षामा कुल ४ हजार ४४७० जना सहभागी भएको बताए । ती मध्ये ३ हजार ९ जना ( ६७.३१ प्रतिशत) उत्तीर्ण भएका हुन् । चार दिनमा १५ सिफ्टमा परीक्षा सम्पन्न भएको उनलेे बताए ।
परिषदले विभिन्न ४४ विषयमा लिइएको परीक्षामा एउटा विषयमा कम्तिमा १ जना देखि बढीमा २ हजार २६३ जनासम्म सहभागी थिए ।
सदस्य सचिव श्रेष्ठले यसपटकको परीक्षामा धेरै विद्यार्थीहरु भर्खरै उत्तीर्ण भई पहिलो पटक सहभागिता जनाएका कारण नतिजा राम्रो भएको बताए ।
परिषद्ले उत्तीर्ण विद्यार्थीका लागि प्रमाणपत्र वितरणको सूचना भने पछि सार्वजनिक हुने बताएको छ ।






