काठमाडौं, ८ फागुन २०८१
नेपाल स्वास्थ्य व्यवसायी परिषदले हिजो र आज लिएको १२ औँ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित गरेको छ ।
परीक्षामा स्नातकोत्तर तहका विभिन्न १३ विषयका सहभागी ९३ जनामा कुल ३८ जना (४०.८६ प्रतिशत) पास भएका छन् ।
स्नातक तह तर्फ विभिन्न ११ विषयका कुल ८८६ जनाले परीक्षा दिएकोमा २९७ अर्थात ३३.५२ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै प्रमाणपत्र तहका विभिन्न १० विषयका १ हजार ६२२ जनाले परीक्षा दिएकोमा कुल ३२१ जना अर्थात १९.७९ प्रतिशत उत्तीर्ण भएका छन् ।
परिषद्को परीक्षा समितिका सदस्य सचिवका अनुसार सबै तहको औषत नतिजा हेर्दा २५.२२ प्रतिशत उत्तीर्ण भएका छन् ।
परीक्षा बबरमहलस्थित एड्भान्स एजुकेशन एण्ड इनोभेटिभ रिसर्च सेन्टर प्रालिको परीक्षा हलमा भएको थियो।