दार्चुला, १८ पुष २०८१
स्वास्थ्य कार्यालय दार्चुलाको प्रमुखमा बिरेन्द्र प्रसाद भट्ट नियुक्त भएका छन् ।
सुदुर पश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालयले पुष ११ गते निर्णय गर्दै खोप अधिकृत भट्टलाई स्वास्थ्य कार्यालय दार्चुलाको प्रमुखमा जिम्मेवारी दिइएको हो।
प्रमुख भट्ट सातौं तहका खोप अधिकृत हुन्। स्वास्थ्य कार्यालय दार्चुलामा उहाँ ५ वर्ष देखि कार्यरत हुनुहुन्छ । यस अघि स्वास्थ्य कार्यालयको प्रमुखमा रमेश कुवँर हुनुहुन्थ्यो ।