भक्तपुर, २८ असार २०८२
भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको छ ।
भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर जिल्लालाई पूर्ण खोप सूनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्दै भक्तपुर पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा भएको हो ।
पूर्ण खोप सुनिश्चितता, यसको दिगोपन तथा जिल्लाको भूमिकाका बारेमा विस्तृत छलफल र प्रतिबद्धतापश्चात् भक्तपुरलाई पूर्ण खोप सूनिश्चित जिल्ला घोषणा गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख अन्जना खड्काले जानकारी दिनुभयो ।
जिल्लाका सरोकारवाला निकाय, स्वास्थ्य परिवार कल्याण महाशाका खोप शाखाका निर्देशक, स्वास्थ्यकर्मी, स्वयंसेविका, जनप्रतिनिधि, समुदायका सदस्यहरू तथा पत्रकार हरुको सक्रिय सहभागितामा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको खड्काले बताइन् ।
जिल्लाभित्र २३ महिनासम्मका सबै बालबालिकाले सबै प्रकारका खोप पूरा गरिसकेका र खोपको मात्रा पूरा हुने सूनिश्चिता अनुसार पूर्ण खोप घोषणा गरिएको हो ।
भक्तपुरलाई पूर्ण खोप तथा दिगोपना घोषणा गर्दै मन्त्री थापाले प्रदेश अस्पतालहरुको स्तरवृद्धि, जनशक्ति व्यवस्थापन र उपकरणहरुको व्यवस्थापन प्रदेश सरकारको प्रथमिकतामा रहेको बताउनुभयो ।
जिल्ला खोप सवन्यन समितिले आयोजना गरेको कार्यक्रममा जिल्लालाई पूर्ण खोप सूनिश्चित घोषणा गर्न सहयोग पुर्याउने स्वास्थ्यकर्मी, स्थानीय तह तथा सहयोगी निकायलाई सम्मान गरिएको छ ।
परिवार कल्याण महाशाखाको खोप शाखा निर्देशक डा. अभियान गौतमले खोपमा धेरै चुनौती थपिएको बताउनुभयो । हामीले १४ रोग बिरुद्ध ११ खोप दिईरहेका छौ। खोपमा धेरै काम भएका छन् ।
डा. गौतमका अनुसार नेपालमा विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त खोप मात्रै लगाउने गरिन्छ । अहिले सम्मको उच्च कभरेज यो वर्ष देखिएको छ । सरकारले बजेट प्रसस्त छुट्टाएको छ ।
डा. गौतमले भने, छ बर्सको अडिट गर्दा चार करोडको बेरुजु आएको आएको छ । यसमा गाभिले प्रश्न गरेको छ । चार अर्ब रुपैयाँ दिदैनौ भनेको छ ।
भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले खोप सफल हुनुमा महिला स्वास्थ्य स्वयमसेविकाको योगदान महत्त्वपूर्ण रहेको बताउनु भयो।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयकी सचीब डा. सुमित्रा गौतमले खोपको महत्त्व बारे प्रष्ट्याउनुभयो। खोप नभइ धेरैको ज्यान जाने गर्दथ्यो। स्वयमसेविका दिदिबहिनी नभएको भए पूर्ण खोप सुनिस्चित हुन सक्दैनथ्यो।
डा. गौतमले भनिन् स्वयमसेविकाले खोपको लागि मात्रै नभइ रोगको लागि पनि महत्त्वपूर्ण काम तलब बिना गर्नुभएको छ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चितता हुन गएकोमा सबैलाई बधाई तथा धन्यवाद दिनुभयो ।
बसाइँसराइको कारणले गर्दा केहिले खोप नपाएको हुन सक्छ। ३८ वडामै स्वास्थ्यका कार्यक्रम लागु भएका छन् । भक्तपुर जिल्लालाई स्वास्थको हब बनाउन सकिन्छ । थप उपकरणको व्यस्था गरेको छ। ख्वप अस्पतालमा बागमती प्रदेश बाट सिटि स्कान जोड्ने लागेको छ ।
मपछिल्लो समयमा ओपिडि लगायत सबै सेवा सुर्यबिनायक नगर अस्पतालमा सुरु भएको छ ।
बागमती प्रदेश बाट स्वास्थ्यमा प्रस्तस्त बजेट छुट्टाएको छ । सरुवा भन्दा नसर्ने रोग बढीरहेको छ । सबै नितिमा स्वास्थ्य केन्द्रीत बनाइएको छ । खानेपानी , भौतिक , कृषि स्वास्थ्य संग जोडिएको हुन्छ । रोग पत्ता लगाउन पनि बजेट छुट्टाइएको छ ।