काठमाडौं, ३१ असार २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज पदवहाली गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै दिउसो १:१५ बजे स्वास्थ्य मन्त्रालय पुगेर उनले पदवहाली गरेका हुन् ।
मन्त्री पौडेललाई मन्त्रालयका सचिव, सहसचिव तथा कर्मचारीहरुले स्वागत गरेका थिए ।
पदवहालीसंगै मन्त्री पौडेलले राष्ट्रिय क्यान्सर रणनीति (२०२४-२०३०) स्वीकृत गर्ने निर्णय गरेका छन् ।
मन्त्री पौडेल गत आम निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ बाट निर्वाचित सांसद हुन्