काठमाडौं, १९ बैशाख २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन नगरे निजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार मन्त्रालयमा नेपाल चिकित्सक संघका प्रतिनिधि र स्वास्थ्य मन्त्रीबिच भएको छलफलमा आयोगको १६ औं वैठकको निर्णय व्यवहारिक रुपमै कार्यान्वयन गर्न निजि मेडिकल कलेज सञ्चालकलाई आग्रह गरेका हुन् ।
मन्त्री पौडेलले भने आयोगको निर्णय नमानी सुखै छैन, आयोगको निर्णय नमानेको खण्डमा निजि मेडिकल कलेजको सम्बन्धन खारेज गर्नेसम्म पुग्छौ । तर, केहि मेडिकल कलेजले आवासिय चिकित्सकहरुलाई धम्की दिएको बताएका छन् । आयोगको निर्णय भएको दुई हप्ता बितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै आवासिय चिकित्सकहरु आन्दोलनमा छन्।