काठमाडौं, १२ पुष २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले स्वास्थ्य बिमाको हालको रकमलाई दायरा बढाइने बताउनु भएको छ।
मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अबदेखि बिमाको हालको रकमको दायरा बढाइने बताएका हुन्।
‘स्वास्थ्य बिमालाई थप प्रभावकारी गराइनेछ र जसको लागि हालको रकमको दायरा बढाउने तयारी गरेका छौँ’ प्रधानमन्त्री प्रचण्डले भने।
यस्तैगरी अबदेखि सरकारी प्रयोगशालाको शुल्कमा एकरुपता कायम गरिने समेत प्रधानमन्त्री दाहालले बताएका छन्।