आज मिति : २०८२ कार्तिक ७
  • Login
Health News Nepal
HAMS Hospital
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result

The Medical Solutions Pvt Ltd Kathmandu
IRGONOL Cream Magnus Pharma

भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री

Nam Raj Bhatta by Nam Raj Bhatta
July 20, 2025
in News
A A
0
भदौ महिना भित्र स्वास्थ्य बीमाको सम्पूर्ण रकम भुक्तानी गरिन्छ: स्वास्थ्यमन्त्री
Share on FacebookShare on TwitterShare on LinkedInQR Code

नवलपरासी, ४ श्रावण २०८२, आईतवार

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाबापतको भुक्तानी गर्नुपर्ने सबै रकम भदौ महिनाभित्रमा भुक्तानी गरिने बताएका छन् ।

आज नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका ४ झ्यालवासमा देउराली प्राथमिक अस्पतालको उद्घाटन गर्दै पौडेलले दुई किस्तामा गरेर बीमाबापतको बाँकी भुक्तानी पूरा गरिने बताएका हुन।

यसरी प्राप्त हुने रकम स्वास्थ्य सेवा विस्तारमा लगानी गर्न आग्रह गर्दै स्वास्थ्य मन्त्री पौडेलले भने, “बीमाबापत अस्पतालहरूले प्राप्त गर्ने रकम केही प्रतिशत स्वास्थ्य सेवा विस्तारमा खर्च गर्न म अनुरोध गर्न चाहन्छु । अब प्राप्त हुने बीमाबापतको रकममध्ये ३०-४० प्रतिशत भए पनि स्वास्थ्य सेवा विस्तारमा खर्च गर्नसके राम्रो हुनेछ ।”

पछिल्लो समय सरकारी अस्पतालमा नागरिकको विश्वास बढेकाले उपचारका लागि आकर्षण बढेको मन्त्री पौडेलले बताए । सीमित  साधन स्रोतले सबै बिरामीको चाप थेग्न नसक्ने हुँदा अब सबै पालिकामा प्राथमिक स्तरको अस्पताललाई सेवासुविधायुक्त बनाउने सरकारको लक्ष्य रहेको पौडेलको भनाइ थियो ।

साउन १ गतेदेखि देशभरका ४८ वटा अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरेको जानकारी दिँदै मन्त्री पौडेलले स्थानीय सरकारको नेतृत्वमा सञ्चालन हुने ती अस्पतालमा प्रदेश र संघ सरकारले स्रोतसाधन उपलब्ध गराउने बताए। पौडेलले विभिन्न जटिल रोगहरूको उपचारमा नागरिकलाई सहुलियत प्रदान गर्न राज्यले एकमुष्ट रकम छुटको सुविधा प्रदान गरेको बताए ।

मन्त्री पौडेलले भने, “स्वास्थ्य सेवामा सुधार गर्न सकिएन भने देशमा गणतन्त्र आएको नागरिकले अनुभूति गर्ने छैनन्” त्यसैले सबै नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गराई न्यूनतम लागतमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ ।

हुप्सेकोट गाउँपालिका-४ झ्यालवासमा रहेको पाँच शय्याको देउराली प्राथमिक अस्पतालबाट आजदेखि नै सेवा सञ्चालन गरिएको छ।

Tags: #government of Nepal#Health and population ministryPradip Paudel
Nisarga hospital Dhangadhi
Previous Post

नोबेल अस्पतालमा निकालियो १५ वर्षीय बालकको आन्द्राबाट कैंची

Next Post

बैतडी जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया

Related articles

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पतालको निर्माण
News

मन्थलीमा सुविधासम्पन्न आँखा अस्पतालको निर्माण

2 days ago
783
सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन
News

सातै प्रदेशमा नर्सका माग पूरा गराउन कार्यदल गठन

3 days ago
788
यूके जानेको मेडिकल जाँच नर्भिक हस्पिटलमा हुने
News

नर्भिक इन्टरनेसनल हस्पिटलमा नर्सिङको तलब बढ्यो

5 days ago
802
आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव
News

आँखा अस्पताललाई ‘मेडिकल टुरिजम’ को हब बनाउन सुझाव

1 week ago
790
भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने
News

भक्तपुर क्यान्सर अस्पतालले प्यालियटिभ केयर सेवालाई विस्तार गर्ने

1 week ago
815
निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
News

निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन

1 week ago
786
Next Post
बैतडी जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया

बैतडी जिल्ला अस्पतालमा पहिलो पटक हर्नियाको सफल शल्यक्रिया

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Norvic Pharmacy Get Medicines Delivered at home
Norvic Pharmacy Get Medicines Delivered at home
Mandendeupur nagarpalika notice
Kathmandu Cancer Center For best and holistic cancer treatment in Nepal

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

सहयोगी सामाग्रीहरु

Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Spices medicinal usagesSpices medicinal usages

स्वास्थ्य पोडकाष्ट (HNN Podcast)

Health News Nepal

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Dr. Tirtha Raj Bhandari Migraine articleDr. Tirtha Raj Bhandari Migraine article
Spices medicinal usagesSpices medicinal usages
Dr Mukunda Jha Kids thumb sucking problemDr Mukunda Jha Kids thumb sucking problem
Dr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौंDr. Nitesh aryal हैजा तथा झाडापखालाबाट बच्न यी १० वटा उपायहरु जानी राखौं

Connect With Us

CATEGORIES

  • Articles (128)
  • Disease (106)
  • English (49)
  • Fitness (26)
  • Health (200)
  • Lifestyle (58)
  • News (3,275)
  • Nutrition (42)
  • Research & Study (66)
  • Weight Loss (25)

Health News Nepal 2025 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti font to Nepali Unicode Converter
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In