Magnus pharma IRGONOL cream शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल
आज: २०८३ श्रावण १४
Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
HAMS Hospital Kathmandu

स्वास्थ्य बीमाको ८ बर्ष पूरा: सबै स्थानीय तहमा बिस्तार

Nam Raj Bhatta by Nam Raj Bhatta
April 7, 2024
in News
Reading Time: 1 min read
A A
0
स्वास्थ्य बीमाको ८ बर्ष पूरा: सबै स्थानीय तहमा बिस्तार
588
SHARES
3.3k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, २५ चैत्र २०८०

स्वास्थ्य बीमा सेवा सुरु भएको ८ बर्षमा नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत संचालन भइरहेको स्वास्थ्य बिमा देशभरको मुलुकका ७७ वटै जिल्लामा पुगेको छ।

स्वास्थ्य बिमा संचालन भएको ८ बर्ष पुगि सकेको अवस्थामा  कुन जनसंख्याको जम्मा २६.५४ प्रतिशत जनसंख्या मात्रै आबद्ध भएका छन।

स्वास्थ्य बीमा सैद्धान्तिक रुपमा निकै नै राम्रो कार्यक्रम हो।  पछिल्लो समय भने स्वास्थ्य बीमाप्रति आम नागरिकको आकर्षक बढ्न थालेको छ । जबकी यो कार्यक्रमहरूले आफ्नो दायरा विस्तार गर्दै ७७ जिल्लाबाट सेवा दिइरहेको छ ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले नवीकरण गर्ने समयमा ह्वात्तै बढेको र अरू बेला कम देखिने गरेको बताउनुभयो । उनले भने, अहिले नवीकरण गर्ने बेला आइरहेकोले नवीकरणको तथ्यांकका कम देखिएको हो । साउनको पहिलो साताको तथ्यांक हेरेपछि यो तथ्यांक बढी देखिन्छ ।’

त्यस्तैगरि स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठ स्वास्थ्य बीमाको काम नै छैन भनेर हल्ला फैलाइएको दाबी गर्छन् । डा. श्रेष्ठ भन्छन्, ‘स्वास्थ्य बीमा कार्यक्रम काम नै छैन भन्ने सर्वसाधारणमा हल्ला फैलाइएको छ । स्वास्थ्य बीमाको विकल्प स्वास्थ्य बीमा हो । यसले गर्दा स्वास्थ्य बीमाको सकारात्मक प्रचार गर्नु पर्छ ।’

डा. श्रेष्ठले भने, हामीबाट पनि केही कमजोरी भएको होलान, जस्तो अनुगमन, गुणस्तर तर, यसलाई हामीले सुधार गर्दै लैजान्छौँ ।’

चालू आर्थिक वर्षकै मात्र पनि स्वास्थ्य बीमा बोर्डले विभिन्न स्वास्थ्य संस्थाहरूलाई ३ अर्ब ८४ करोड ८८ लाख ६९ हजार ६९१ रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

यो आर्थिक वर्षको फागुन १० गतेसम्ममा ६ अर्ब ४४ करोड १६ लाख ९९ हजार ७५५ रुपैयाँ भुक्तानी गरिसकेको बोर्डको तथ्यांकले देखाउँछ । यसरी समयमै भुक्तानी गर्न नसक्नुको कारणबारे बोर्डका सदस्य डा. श्रेष्ठ भन्छन्, ‘स्वास्थ्य बीमामा धेरै छरिएर खर्च भएको छ । सात आठ ठाउँबाट काम भइरहेको छ । एकद्धार प्रणाली लागू हुने हो स्वास्थ्य बीमामा आएका समस्या समाधान गर्न सकिन्छ ।’

डा. बसौलाका अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाहरूबाट पेश भएका दाबीहरूलाई एक स्वतन्त्र दाबी पुनरावलोकन समिति बनाई पुनरावलोकन गर्ने काम भइरहेको छ ।

बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रम असफल नै भने भइनसकेको बताउँछन् । डा. लोहनी भन्छन्, ‘स्वास्थ्य बीमा कार्यक्रम पुरै फेल भएको होइन, एउटा टायर मात्र पञ्चर भएको हो । त्यसलाई मर्मत गरेर अगाडी बढ्न खोजिरहेका छौँ । सबै टायर गयो भनेर हामी बसेका छैनौँ ।’

सुरुवातमा जसरी गरिएको थियो त्यो अनुसार बीमा कार्यक्रम अगाडी बढ्न नसकेको डा. लोहनीले स्वीकार गरे । डा. लोहनीले आगामी वर्षसम्ममा स्वास्थ्य बीमा कार्यक्रम सुधार गरेर जाने प्रतिबद्धता जनाए ।

डा. लोहनीका अनुसार बीमा कार्यक्रमले पूर्णता पाएको भए पनि कार्यक्रमको सुदृढीकरण र दिगो व्यवस्थापनका लागि अझै विभिन्न चुनौतीहरू रहेका छन् । सेवा प्रदायक स्वास्थ्य संस्थाले जवाफदेखि भएर सेवा प्रवाह गर्ने, बीमित नागरिकहरुले सहजतापूर्वक सेवा प्राप्त गर्ने र बोर्डले उचित नियमन तथा तोकिएको समयमा दाबी भुक्तानी गर्ने व्यवस्था मिलाइ गुनासोरहित कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता रहेको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ बनाउन बोर्डले अनलाइन प्रणालीमा आबद्ध हुनका लागि तयारी गरिरहेको डा. बसौलाले बताउनुभयो। समय सापेक्ष नयाँ नयाँ प्रविधि अनुसार आफूलाई विकास गर्नु पर्ने देखिन्छ । यही अनुसार नै हामीले अनलाइन प्रणाली लागू गर्न लागेका छौँ’ उनले भने ।

सरकारले २०७२ चैत २५ गतेदेखि सामाजिक स्वास्थ्य सुरक्षाकारुपमा स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले सञ्चालन गर्दै आएको छ । स्वास्थ्य बीमाको सुविधा पाउन पाँच जनासम्मको परिवारका लागि वार्षिक तीन हजार ५०० रुपैयाँ प्रिमियम रकम तिर्नु पर्छ । परिवारको सदस्य पाँच भन्दा बढी भए थप ७०० रुपैयाँ प्रिमियम तिर्नु पर्ने हुन्छ ।

स्वास्थ्य बीमितले निःशुल्क सेवा लिन शुरूमा बोर्डसँग बीमाको प्राथमिक केन्द्रका रूपमा सम्झौता गरेको नजिकको स्वास्थ्य संस्था जानुपर्छ । त्यहाँ उपचार हुन नसके चिकित्सकले बीमा कार्यक्रम लागू रहेको अर्को अस्पतालमा प्रेषण गरिदिनुपर्छ। बीमा दुरुपयोग नहोस् भनेर सरकारले लक्षित वर्ग बाहेकलाई उपचारमा लागेको कुल खर्चको १० प्रतिशत बीमितले नै बेहोर्नुपर्ने गरी सह भुक्तानी प्रणाली अपनाएको देखिन्छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार हालसम्म कूल बीमित परिवारको सङ्ख्या २३ लाख ९२ हजार ६७६ पुगेको छ । जसमा बीमित जनसङ्ख्या ७७ लाख ४१ हजार ४८३ जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमध्ये सेवा लिने बीमितको सङ्ख्या ३६ लाख ५२ हजार ४३२ रहेको छ ।

काठमाडौं उपत्यकाको बुढानीलकण्ठ नगरपालिकामा हालसम्म स्वास्थ्य बीमा लागु भएको छैन । यस पालिकामा पनि छिट्टै नै स्वास्थ्य बीमा कार्यक्रम लागू गर्नेगरि काम भइरहेको बोर्डले जनाएको छ ।

हाल ७७ जिल्लाका ७५२ वटा स्थानीय तहमा बीमा सेवा विस्तार भएको छ । यही चैत्र १८ गतेसम्मको तथ्यांक हेर्दा अति गरिब बीमितको सङ्ख्या ५ लाख १४ हजार ६१८ रहेको छ भने ज्येष्ठ नागरिक बीमितको सङ्ख्या ९ लाख ३० हजार ३९७ रहेको छ ।

त्यस्तैगरी एचआइभी सङ्क्रमित बीमितको संख्या ३८ हजार ८८१, अति अशक्त अपाङ्ग बीमितको सङ्ख्या १ लाख ४१ हजार २२३ र कुष्ठरोग सङ्क्रमित बीमितको सङ्ख्या ३ हजार ६८५ रहेको छ । यसका साथै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका बीमितकाे सङ्ख्या १ लाख ३२ हजार ५६७ रहेको बोर्डले जनाएको छ ।

बोर्डले गरिब, ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, कुष्ठरोगी, बहुऔषधि प्रतिरोधी क्षयरोग र अति अशक्त अपाङ्गता भएका व्यक्तिको परिवारका लागि शतप्रतिशत र महिला स्वास्थ्य स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत छुटको व्यवस्था पनि रहेको छ।

Tags: #government of Nepal#Health and population ministryDr. Damodar BasaulaHealth insurance
SummarizeShare236ScanTweet147

Related articles

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण

by Nam Raj Bhatta
July 29, 2026
0

✍️ दिपेन्द्र कुमार मण्डल इबोला भाइरस रोग (Ebola Virus Disease-EVD) मानिसमा देखिने दुर्लभ तर अत्यन्त गम्भीर र प्रायः घातक संक्रामक रोग हो। यो रोग Filoviridae परिवार अन्तर्गत पर्ने...

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति

by Nam Raj Bhatta
July 28, 2026
0

फ्यानक्यानले औषधि तथा स्वास्थ्य सामग्री ऐन, २०८३ को मस्यौदामा न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति गम्भीर आपत्ति जनाएको छ। नेपाल खाद्य, न्यूट्रास्यूटिकल तथा कस्मेस्यूटिकल संघले...

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य

by Nam Raj Bhatta
July 25, 2026
0

नेपालस्थित ह्याम्स अस्पताल र भारतको म्याक्स सुपर स्पेसियालिटी अस्पतालबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित संयुक्त कन्टिन्युइङ मेडिकल एजुकेसन (सीएमई) कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक आयोजित...

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास

by Nam Raj Bhatta
July 25, 2026
0

बुर्तिबाङ अस्पतालबाट प्रसूति पश्चात् अत्यधिक रक्तस्राव (Postpartum Hemorrhage) भई जटिल अवस्थामा रेफर भई आउनुभएकी एक सुत्केरीको धौलागिरि प्रादेशिक अस्पतालमा सफलतापूर्वक उपचार गरिएको छ। अस्पताल आइपुग्नेबित्तिकै विशेषज्ञ चिकित्सक तथा...

Please login to join discussion
Breast Cancer Awareness

लोकप्रिय पोस्टहरू (Popular posts)

  • स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    स्वास्थ्यमन्त्री प्रदिप पौडेलले एमपक्स नियन्त्रणका लागि त्रिभुवन विमानस्थलमा आकस्मिक बैठक बोलायो

    835 shares
    Share 334 Tweet 209
  • नेपालका दन्त चिकित्सक डा. विकास देसार विश्वकै उत्कृष्ट १०० डाक्टरको सूचीमा

    696 shares
    Share 278 Tweet 174
  • जनै खटिरा – लक्षणहरु, निदान, उपचार #HerpesZoster

    678 shares
    Share 292 Tweet 161
  • किस्ट टिचिङ हस्पिटलमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सफलतापूर्वक सम्पन्न

    640 shares
    Share 256 Tweet 160
  • गिजासम्बन्धि रोग : कारण, लक्षण, उपचार तथा बच्ने उपायहरु

    692 shares
    Share 308 Tweet 160

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • इबोला भाइरस रोग (Ebola Virus Disease): एक गम्भीर संक्रामक रोगको परिचय, जोखिम र नियन्त्रण
  • न्यूट्रास्युटिकल डाइटरी सप्लिमेन्ट (आहारपूरक) लाई ‘औषधिपुरक’ भनेर परिभाषित गरिएकोप्रति फ्यानक्यानको गम्भीर आपत्ति
  • जटिल रोगको उपचारमा सहज बनाउन ह्याम्स–म्याक्स अस्पताल बीच सहकार्य
  • आमा र शिशुको जीवन बचाउन सफल अर्को प्रेरणादायी प्रयास
  • महानगरबासी र विपन्न बिरामीले राष्ट्रिय ट्रमा सेन्टरमा निःशुल्क ‘अर्थोपेडिक इम्प्लान्ट’ पाउने : काठमाडौँ महानगरपालिकाबाट अर्थोपेडिक इम्प्लान्ट प्रदान

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.

  • About
  • Contact
  • Submit News
  • Advertise with us
  • Preeti to Unicode
  • Privacy Policy
  • Terms
  • Disclaimer
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.
Nepali date conversion and Preeti to Nepali Unicode conversion services are powered by UtilitySansar.com.