काठमाडौं, १२ पुष २०८१
नेपाली कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनयन भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले विभागको प्रमुख रहेका केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादव नेतृत्वमा रहने गरी १० जना सदस्यहरु मनोनित गरेका हुन् ।
मनोनित हुनेहरुमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ समेत रहेका अवकाशप्राप्त डा. सुशीलनाथ प्याकुरेल, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. लक्ष्मीराज पाठक, नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष. डा मुक्तिराम श्रेष्ठ रहेका छन् ।
यस्तैगरी डा. अनिलकुमार झा, डा. सुमन कर्माचार्य, श्यामचन्द्र यादव, ईश्वर कार्की, विष्णुप्रसाद भट्टराई, पुजा फुयाल र वुधिसरा सुनुवार रहेका छन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम विभागको सदस्यमा मनोनय गरिएको बताइएको छ।