स्याङ्जा जिल्लाको कालिगण्डकी-५ जैपते स्थित श्री बिरेन्द्र मा. बि मा भएको नि-शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम मा ८७५ जना शिविर बाट लाभान्वित भयका छन ।
स्वयम्भु स्थित मनमोहन टिचिंग हस्पिटलका निर्देशक डा. धर्म दत्त सुबेदीको नेतृत्वमा डा. अर्जुन प्रसाद श्रेष्ठ , डा. मनोर दिन सैयद , डा. दिपक शर्मा, डा. प्रदिप पाण्डे , डा. राकेश मान महर्जन, डा. पियुष पोख्रेल, डा. रिजु महर्जन, अनिता ढकाल,भगवती जमकट्टेल ,अनिता नेपाल र रन्जु पोख्रेल लगायतको टोलीले सेवा प्रदान गर्नु भयको उक्त शिविर भू.पु.बिद्यार्थी मंच,दिपन सुबेदी सुभतारा मेमोरियल ट्रस्ट तथा समाजसेवी याम प्रसाद पाण्डे को पहलमा भयको थियो।
![Syagja Kaligandaki Sibir - स्वास्थ्य शिविरबाट ८७५ लाभान्वित स्याङ्जा जिल्लाको कालिगण्डकी-५ जैपते स्थित श्री बिरेन्द्र मा. बि मा भएको नि-शुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम](https://i0.wp.com/healthnewsnepal.com/static/Syagja-Kaligandaki-Sibir.jpg?resize=774%2C436&ssl=1)
समाजसेवी चिकित्सक डा. सैयदले उक्त शिविरमा भेटिएका पाठेघर सम्बन्धि न्युन आय भएका महिलाहरुलाई नि-शुल्क शल्यक्रिया समेत गरिने जानकारी दिनुभयको उक्त शिविरमा १२१ जनाले भिडियो X-Ray , २८३ जनाले इ.सी.जी. तथा ३२५ जनाको रगत समेत जाँच गरिएको थियो।शिविरमा उच्च रक्तचाप, डाइबेटिस,ग्यास्ट्रिक,हाडजोर्नी र पाठेघर सम्बन्धि रोगीहरुको पहिचान भएको निर्देशक डा. सुबेदीले जानकारी गराउनुभयो।
आफ्नै घर आगनमा राजधानी देखि आएर आफुहरुलाई नि-शुल्क जाँच र औषधि समेत नि-शुल्क पाउदा ७८ बर्षीय महिलाले दंग पर्दै आयोजक संस्थालाई बिशेष धन्यबाद दिदै आगामी दिनहरुमा पनि यस्ता कार्यक्रम लाइ निरन्तरता दिन आव्हान समेत गरिन।