कैलाली, ३ असार २०८१
नेपाल जनस्वास्थ्य संघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा शिवराज सुनार निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनमा सुनारले १ सय ४१ मत ल्याउँदै विजयी भएका हुन् । अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिएका लाल बहादुर धामीले ८९ मत मात्र लिएका छन् । धामीलाई ५२ मतले पराजित गर्दै सुनार अध्यक्षमा निर्वाचित भएका हुन।
त्यस्तैगरी उपाध्यक्षमा भुपेन्द्र सिंह महरा विजयी भएका छन् । उनले १ सय २१ मत ल्याउँदैं विजयी भएका हुन् । सचिवमा नृपराज डगौराले १ सय २५ ल्याउँदैं विजयी भएका हुन् ।
निर्विरोध निर्वाचित हुनेमा सह—सचिव रामचन्द्र जोशी , कोषाध्यक्षमा प्रनिता भट्ट र सदस्यहरूमा वीरबहादुर कुँवर, आशिष शाह, वीरेन्द्रप्रसाद भट्ट, मनिषा झा, राजेन्द्र प्रसाद भट्ट र ममता कुमारी जोशी रहेका छन् ।
नेपाल जनस्वास्थ्य संघ प्रदेश समितिमा सदस्यहरु निर्विरोध चयन हुँदा अध्यक्ष, उपाध्यक्ष र सचिव पदसहितका पदाधिकारी भने निर्वाचन भएको थियो।
Comments 1