काठमाडौं, २७ साउन २०८२
चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका छन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठान उपकुलपति नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राडा. बुद्धि पौडेल उपकुलपति नियुक्त भएका छन् भने पोखराका उपकुलपति डा. भरत खत्री उपकुलपति बनेका छन् ।
यस्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्राडा. विक्रम प्रसाद श्रेष्ठ उपकुलपति भएका छन् भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि डा. पुजन कुमार रोकाया नियुक्त भएका छन्।
सरकारले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो । उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा. आरपी बिच्छा सदस्य थिए।