काठमाडौं, १८ असोज २०८१
भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालको ४३ प्रतिशत सेयर किनेको ह्याम्स अस्पतालले आजदेखि त्यहाँ ओपीडी सेवा सुरु गरेको छ ।
ह्याम्स अस्पतालका अध्यक्ष तथा नागरिक अस्पतालका नवनियुक्त अध्यक्ष रामशरण भण्डारीले नयाँ सुविधासम्पन्न ओपीडी भवनको उद्घाटन गरेर ओपीडी सेवा सुरु गरेको बताउनुभयो । आज दशैंको पहिलो दिन घटस्थापना शुभ दिन पारेर ओपीडी सेवा सुरु गरेको भण्डारीले बताए।
एक सय शय्याको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेडको ४३ प्रतिशत शेयर स्वामित्व ह्याम्स हस्पिटलले लिएको हो । नागरिक अस्पतालको व्यवस्थापन स्वामित्व लिएको ह्याम्सले भक्तपुरमा कर्पोरेट अस्पतालका रुपमा यसलाई विकास गर्न विशेषज्ञ सेवासहितको सेवा विस्तार गरिरहेको जनाएको छ ।