Health News Nepal
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
  • Health
  • Nutrition
  • Disease
  • Articles
  • 🔥 डेंगु (Dengue Treatment)
  • लू – Heat Wave 🔥🥵🪭
No Result
View All Result
HealthNews
No Result
View All Result
IRGONOL Cream Magnus Pharma

नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु

Nam Raj Bhatta by Nam Raj Bhatta
२०८२ माघ १३, मंगलवार १०:५६
in News
Reading Time: 2 mins read
A A
0
नेपालमै पहिलोपटक ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु
585
SHARES
3.2k
VIEWS
Summarize with ChatGPTShare to FacebookQR CodeShare on Twitter

काठमाडौं, १३ माघ २०८२

नेपालमा पहिलो पटक ह्याम्स अस्पतालमा अत्याधुनिक इन्डोस्कोपीक प्रविधि इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन (ईएसडी) सेवा सुरु भएको छ ।

ह्याम्स अस्पतालका ग्यास्ट्रोइन्ट्रोलोजिस्ट, हेपाटोलोजिस्ट तथा इन्डोस्कोपिस्ट डा. विवेक कुमार पुर्वेको नेतृत्वमा उक्त सेवा सुरु भएको हो । ईएसडी जीआईका प्रारम्भिक अवस्थाका ट्युमर तथा ठूला पोलिपहरूलाई बिना शल्यक्रिया, एकै टुक्रामा पूर्ण रूपमा निकाल्ने आधुनिक उपचार विधि हो। उक्त प्रविधिबाट इसोफेगस, पेट तथा कोलोनमा देखिने अर्ली स्टेज ट्युमरको सुरक्षित उपचार सम्भव हुन्छ।

डा. पुर्वेका अनुसार नेपालमा यसअघि ईएसडी सेवा उपलब्ध थिएन। चीनमा विशेष तालिम लिएपछि पछिल्ला २–३ महिनाअघि ईएसडी सेवा सुरु गरिएको हो । हालसम्म दुई जना बिरामीमा ईएसडी सफलतापूर्वक सम्पन्न भइसकेको र दुवै बिरामी नियमित फ्लोअपमा रहेको डा. पूर्वेले जानकारी दिनुभयो।

✳️ के हो ईएसडी ?

मानव जीआई ट्र्याक्ट चार तह म्यूकोसा, सबमुकोसा, मस्कुलारिस र सिरोसाबाट बनेको हुन्छ। इन्डोस्कोपिक सबमुकोसल डिसेक्सन प्रक्रियामा म्यूकोसा र सबमुकोसाको बीचमा सूक्ष्म डिसेक्सन गरी ट्युमरलाई पूरै एकैपटक निकालिन्छ । यसअघि प्रयोग हुँदै आएको इन्डोस्कोपिक म्युकोसल रिसेक्सन विधिबाट ट्युमर पूर्ण रूपमा ननिस्कने र पुनः देखिने जोखिम रहने गरेको थियो।

तर, ईएसडीबाट ट्युमर पूर्ण रूपमा हटाइने भएकाले पुनरावृत्तिको सम्भावना निकै कम हुन्छ। ईएसडीका फाइदा बाहिरबाट कुनै चिरफार वा सर्जरी आवश्यक नपर्ने अंग सुरक्षित राख्न सकिने रक्तस्रावको जोखिम न्यून छोटो अस्पताल बसाइँ २४ घण्टामै खाना सुरु गर्न सकिने सर्जरीको तुलनामा करिब एक तिहाइ खर्च बिरामीको मर्बिडिटी कम पीडा जोखिम भएपनि नियन्त्रण योग्य ईएसडी प्रक्रियामा कहिलेकाहीँ रक्तस्राव वा आन्द्रामा प्वाँल पर्नेजस्ता जटिलता आउन सक्ने भएपनि अनुभवी चिकित्सक, आधुनिक उपकरण र सक्षम इन्डोस्कोपी युनिट भएमा ती जटिलता तत्काल व्यवस्थापन गर्न सकिने डा. पुर्वेले जानकारी दिनुभयो।

विश्वभर अर्ली स्टेज जीआई क्यान्सरको उपचारमा ईएसडीलाई नम्बर वान रोजाइमा मानिन्छ । लेस इन्भेजीभ, सुरक्षित र किफायती भएकाले भविष्यमा नेपालमा पनि यसको उपयोगिता झन् बढ्दै जाने चिकित्सकहरूको विश्वास छ। ‘सही तालिम र प्रविधिको प्रयोग भयो भने ईएसडी नेपालका बिरामीका लागि गेम चेन्जर बन्न सक्छ ।

Tags: Dr. Bibek kumar purbe
SummarizeShare234ScanTweet146

Related articles

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

by Nam Raj Bhatta
२०८२ माघ १३, मंगलवार १०:५६
0

काठमाडौं, २८ माघ २०८२ नेपाल औषधि उत्पादक संघ एपोनले फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल फर्मा एक्स्पो २०२६ आयोजना गर्ने जनाएको छ। एपोनले बुधबार पत्रकार...

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

by Nam Raj Bhatta
२०८२ माघ १३, मंगलवार १०:५६
0

ललितपुर, २७ माघ २०८२ किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ । माघ २२ मा काभ्रेका ५८ वर्षीय पुरुषलाई उनकी ५२...

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

काठमाडौंमा हाड जोर्नी समस्या सम्बन्धी स्वास्थ्य सम्बाद कार्यक्रम सम्पन्न

by Nam Raj Bhatta
२०८२ माघ १३, मंगलवार १०:५६
0

काठमाडौं, २७ माघ २०८२ काठमाडौंको तिनकुनेस्थित सिद्धार्थ कटेजमा हाडजोर्नी समस्या एवं समाधान सम्बन्धि एक दिने स्वास्थ्य संवाद कार्यक्रम सम्पन्न भएको छ । हाडजोर्नी समस्याबाट पछिल्लो समय नागरिकहरु दिनप्रतिदिन...

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

by Nam Raj Bhatta
२०८२ माघ १३, मंगलवार १०:५६
0

✍️ डा. सतीश कुमार साहलेक्चरर, सामुदायिक चिकित्सा विभाग KIST मेडिकल कलेज एवम् शिक्षण अस्पताल १. निपाह भाइरस के हो? निपाह भाइरस एक खतरनाक जुनोटिक भाइरस हो जुन जनावरबाट...

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जनचेतनामूलक सन्देश (𝐏𝐮𝐛𝐥𝐢𝐜 𝐀𝐰𝐚𝐫𝐞𝐧𝐞𝐬𝐬 𝐌𝐞𝐬𝐬𝐚𝐠𝐞)

Beni nagarpalika Myagdi ko 8 kada rog
Gajuri gaunpalika bipanna nagarik upachar kosh
Krishnapur Nagarpalika Bipanna Upachar Kosh
×

Popular Story

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि

    585 shares
    Share 234 Tweet 146
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै

    585 shares
    Share 234 Tweet 146
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

    585 shares
    Share 234 Tweet 146
  • निपाह भाइरस: बुझौँ, जोगिऔँ(स्वास्थ्य जागरूकता – प्रश्न र उत्तरमा आधारित)

    585 shares
    Share 234 Tweet 146
  • ॐ हस्पिटलमा बेसिक कार्डियाक लाइफ सपोर्ट कार्यशाला सम्पन्न

    585 shares
    Share 234 Tweet 146
Beni Myagdi Pradesh Hospital
Beni Myagdi Pradesh Hospital
Sitlahar bata kasari bachne HO Dhangadhi
Sitlahar bata kasari bachne HO Dhangadhi
Bhageshwor Gaun palika awareness
Bhageshwor Gaun palika awareness
Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration Dasharathchand nagarpalika vital events registration

HealthNewsNepal.com (Health News Nepal) is an attempt to bring authentic medical and health news updates and information, and wellness tips, tricks, and services from within Nepal and sometimes beyond. Read more about us here.

अनामनगर, काठमाडौ, नेपाल
+९७७-९८४८८५११२२

सूचना विभाग दर्ता नं : २८९९-२०७८/७९

सम्पादक: नम राज भट्ट
आई.सि.टि. फर मिडिया प्रा. लि.
भ्याट: ६०९८६८१७५
कम्पनी इमेल: [email protected]

Recent Posts

  • दुर्गम धनकुटामा गर्भावस्थामै डाउन सिन्ड्रोमको शंका, उच्च केन्द्रमा पुष्टि
  • नेपाल फर्मा एक्स्पो फागुन २८ देखि काठमाडौंमा हुँदै
  • किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा १४ औं कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

Categories

  • Articles
  • Disease
  • English
  • Fitness
  • Health
  • Lifestyle
  • News
  • Nutrition
  • Research & Study

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.

  • Preeti to Unicode
  • Advertise with us
  • Submit News
  • Contact
  • About
  • Terms
  • Privacy Policy
  • Accessibility

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • Landing Page
  • Buy JNews
  • Support Forum
  • Pre-sale Question
  • Contact Us

Health News Nepal 2026 © HealthNewsNepal.com - delivering public health sector news, updates, information and insights in Nepal.
Published by ICT For Media Pvt Ltd (DOI reg #2899-2078/79, VAT #609868175, Editor: Nam Raj Bhatta.)
Health News Nepal is hosted in the cloud and powered by TechSansar.com.