काठमाडौं, २ असार २०८२
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र हेल्थ याद आयोले स्वास्थ्य सेवा आदान प्रदानमा सहकार्य गरेका छन् ।
अस्पतालका मेडिकल निर्देशक डा. विनोद विजुक्छे र हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत विमल बरालले उक्त सहकार्यको सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेपालमा चिकित्सा उपचार र स्वास्थ्य सेवा साथै विश्व स्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । हेल्थ याद आयोले नेपालमा डिजिटिल प्लेटफार्म मार्फत विशेषज्ञ परामर्श तथा घरबाटै उपचार खोजी रहेका सर्वासाधारणलाई सहज पहुँचको व्यवस्था गर्दछ ।
सम्झौता पत्र अनुसार हेल्थ याद आयो मार्फत नेपालमा उपचारको लागि आउने विदेशी व्यक्तिहरुलाई ग्रान्डी अस्पतालमा सर्वसुलभ ढँगबाट उपचार प्रदान गरिने छ ।
कार्यक्रममा अस्पतालका निर्देशक डा. विजुक्छेले नेपालमा मेडिकल टुरिजम प्रबद्धन गर्न यो सहकार्यले उत्साहा जगाएको बताउनुभयो ।
नेपालको स्वास्थ्य प्रणालीलाई नयाँ युगमा प्रबेश गराउन यो सम्झौतापत्र सशक्त प्रयास भएको हेल्थ याद आयोका प्रमुख कार्यकारी अधिकृत बरालले जानकारी दिनुभयो।
बरालका अनुसार नेपालमा रहनुभएका आफन्तजनलाई विदेशबाट नै हेल्थ याद आयो मार्फत ग्राण्डी अस्पतालमा ओपिडी, विरामी भर्ना, वेलनेश प्याकेज तथा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्न सकिन्छ ।
हेल्थ याद आयोको एप मार्फत प्रयोगकर्ताले आफूले चाहेको अस्पताल वा चिकित्सक छनोट गर्न सक्ने सुविधा पाउँछन् । टेलिमेडिसिन सेवा, डाक्टरसँग राय परामर्श, डायग्नोस्टिक सेवा, मेडिकल रिपोर्ट ट्र्याकिङ, फार्मेसी सेवा र घरमै औषधि पुर्याउने व्यवस्था यसमा उपलब्ध छ । बिरामीको सुविधाका लागि रक्त आपूर्ति तथा एम्बुलेन्स सेवासमेत समावेश गरिएको छ । यो एपले बिरामीको सम्पूर्ण उपचार प्रक्रियालाई एउटै डिजिटल छातामुनि ल्याएको छ, जसले गर्दा अब अस्पताल पुग्नुपूर्व नै धेरै कुरा निश्चित गरी पूर्वतयारीका साथ अगाडि बढ्न सकिन्छ ।
कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका चीफ अपरेटिङ अफिसर कर्णेल अमृत खन्ना, सहायक महाप्रबन्धक अर्चना प्रधान र साथै हेल्थ याद आयोको तर्फबाट प्रबन्ध निर्देशक प्रज्वल चुके, डिजिटल हेल्थ तथा टेलिमेडिसन निर्देशक अनिस ढोडारीको उपस्थिती रहेको थियो ।