काठमाडौं , १५ जेठ
नेपाल सरकारले सरुवा रोगको नियन्त्रणका लागि काठमाडौंमा ३ सय बेडको अस्पताल निर्माण गर्ने भएको छ । यस्तै सातवटै प्रदेशमा ५० बेडको सरुवा रोग अस्पताल स्थापना गरिने भएको छ ।
आज अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष २०७७ / ७८ को बजेट प्रस्तुत गर्दै सरुवा रोग अस्पताल स्थापना गर्ने घोषणा गर्नुभएको हो । खतिवडाले त्यसका लागि १२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो ।