कैलाली, २ असोज २०८१
सुदुरपश्चिम प्रदेशमै पहिलोपटक गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु भएको छ। अस्पतालले सातामा दुई दिन सेवा दिने गरी मेमोग्राम सेवा सञ्चालनमा ल्याएको हो।
रेडियोलोजिष्ट डा. होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेगरी सोमबार र बिहीबार कार्यतालिका बनाइएको अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले जानकारी दिनुभयो।
डा.सापकोटाका अनुसार आजबाट सेवा सञ्चालनमा ल्याएका छौं,’ र अब गेटामा सातामा दुई दिन मेमोग्राम सेवा नियमित रुपमा लिन सकिन्छ।’
मेमोग्राम भनेको चिकित्सकहरुका अनुसार स्तन क्यान्सरको समयमा नै पहिचान गर्ने उपयुक्त विधि हो।
गेटा अस्पतालमा सेवा थप हुँदै गएपछि सेवा लिन आउने बिरामीको संख्या पनि थपिँदै गएको छ। अस्पतालमा हाल दैनिक करिब ५० जना बिरामी सेवा लिन आउने गरेका छन्।