काठमाडौं, ११ पुष २०८०
गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन्।
गत पुस ६ गते कार्यकारी निर्देशकमा डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएको थियो। डा. अधिकारीको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशकका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न नामहरुमा छलफल गरेको थियो। छलफलपछि डा. मल्ललाई जिम्मेवारी दिइएको हो।
स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. अधिकारीको कार्यकाल सकिएलगत्तै नयाँ निर्देशकको फाइल उठाउन लगाएका थिए। फाइलमा निर्देशकको नाम भने लेखिएको थिएन।