कास्की, १४ मंसिर २०८०
गण्डकी प्रदेश सरकारले निमोनिया विरुद्धको PCV-13 खोप शुरु हुने भएको छ।
गण्डकी प्रदेश सरकारबाट जारी भएको “खोप सेवा (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०७५” को दफा १५ को उपदफा (२) बमोजिम गठित प्रदेश खोप समितिका संयोजक तथा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माको अध्यक्षतामा प्रदेश खोप समन्वय समितिको बैठक बसी महत्वपूर्ण निर्णय भएको छ।
उक्त समितिबाट गण्डकी प्रदेशमा निमोनिया विरुद्धको PCV-13 खोप लाई प्रयोगमा ल्याउने र हाललाई उक्त खोप सेवा संस्थागत रुपमा गण्डकी प्रदेशका संघिय र प्रादेशिक अस्पतालहरुबाट प्रदान गर्ने निर्णय भएको डा. शर्माले जानकारी दिनुभयो ।