काठमाडौं, १६ भाद्र २०८२
महिलास्वास्थ्य डटकमको आयोजनामा ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप २०२५’ भाद्र २० बाट सुरु हुने भएको छ ।
‘खेल खेलौ, स्वस्थ बनौ’ भन्ने मुल नाराका साथ सुरु हुन लागेको प्रतियोगिता काठमाडौंको धन्वन्तरी फुटसलमा दुई दिन सम्म चल्नेछ ।
प्रतियोगितामा २४ सरकारी तथा नीजि हस्पिटलको सहभागीता रहनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई ४ समूहमा विभाजन गरिने छ।
प्रतियोगिताको विजेताले उपाधि सहित नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । फुटसल सम्पन्न गराउनका लागि मुख्य प्रायोजकमा यतिकेम ग्रुप छ भने प्रायोजक नेपाल औषधि उत्पादक संघ, नेपाल आयल निगम रहेको छ ।
हस्पिटल पार्टनरमा कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्र, मेडिकल पार्टनरमा एभरेष्ट हस्पिटल रहेको छ । कार्यक्रमलाई नेपाल टेलिकम, लेजर थेरापी क्लिनिक, मेटेनिटी पसलले सपोर्ट गरेका छन् ।