धादिङ, १० पुष २०८१
धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका डुडेठाटिमा यहि पुष महिनाको १३ गते शनिबारको दिन १ दिने बृहत नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ।
उक्त स्वास्थ्य शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरियल अस्पताल (मेडी प्राइड हेल्थ केअर) का बरिष्ठ स्वास्थ्यकर्मीहरु डा. मनोर दिन सैयद (स्त्री तथा प्रसुती ), डा. नबराज बराल (नाक,कान तथा घाटी), डा.प्रविन सिलवाल, डा.सनि कुसवाह, डा.अब्दुस समद अन्सारी, सुनिला श्रेष्ठ र सुजिता गिरी (नर्सिङ),दिपिका कंडेल र सुस्मिता गिरी (फार्मेसी) लगायतको टोलि रहने अस्पतालका कार्यकारी निर्देशक डा. एन. शर्माले जानकारी दिनुभयो।
देशका विभिन्न बिकट ठाउँहरुमा नि:शुल्क स्वास्थ्य शिविर र अन्य सामाजिक कार्यहरु गर्दै आइरहेको मनमोहन अस्पतालले यो शिविर गजुरी गाउपालिकाको प्रमुख सहकार्यमा गर्न लागेको अस्पताल ब्यबस्थापक संजिव कंडेलले बताउनुभयो ।
उक्त शिविरबाट लाभान्वित हुन चर्चित समाजसेवी चिकित्सक ड़ा. सैयदले पालिकाबासि हरुलाई हार्दिक आव्हान गर्नुभएको छ ।