काठमाडौं, १४ असोज २०८१
सरकारले बाढी पहिरोमा परी गम्भीर घाइते भएकाहरुको निशुल्क उपचार गर्ने व्यवस्था मिलाउने निर्णय गर्नु भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय गरेको हो ।
यस्तैगरी बैठकले ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।
यस्तै दैवीप्रकोप राहत कोषमा सरकारको तर्फबाट अर्थ मन्त्रालयले एक अर्व रुपैयाँ राख्ने र मन्त्री परिषद्को सबै सदस्यहरुले एक महिनाको तलव दिने समेत निर्णय गरेको छ।