दैलेख, २३ फागुन २०८१
दैलेखको ठाटिकांध गाउपालिका स्थित प्राथमिक स्वास्थ्य सेवा केन्द्र लाकान्द्रामा गत फागुन १६ र १७ गते सुर्खेत हस्पिटल प्रा. लि. सुर्खेतको प्राविधिक सहयोगमा दुई दिने निशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बहुउद्देश्यीय सामुदायिक सेवा केन्द्र (MCDS) शाखा कार्यालय ठाटिकांध दैलेखको मुख्य सम्वन्य तथा ठाटिकांध गाउपालिकाको कार्यालय, प्राथामिक स्वास्थ्य सेवा केन्द्र लाकान्द्राको आयोजनामा संचालित २ दिने शिविरमा ८३० जना बिरामीले बिशेषज्ञ सेवा लिएका थिए।
उक्त शिविरमा सुर्खेत अस्पतालका हाडजोर्नी बिशेषज्ञ डा. पदम गिरी, स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मी, डा. जितेन्द्र तामाङ, डा. मनोज शाहले सेवा प्रदान गर्नु भएको थियोे।
उद्घाटन कार्यक्रममा ठाटिकांध गाउपालिकाका प्रशासकिय अधिकृत तुल्सि प्रसाद उपाध्याय, वडा नं. ६ का वडा अध्यक्ष जोरा सिङ रोकाय र वडा नं. १ का वडा अध्यक्ष चक्र कामीको समेत उपस्थिति रहेको थियोे।